fbpx

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

author

समाचारपाटी

१ महिना अगाडि

काठमाडौं I चितवन प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरा लैजाँदा कुनै दुर्व्यवहार नभएको स्पष्ट पारेको छ। चितवन प्रहरीका प्रवक्ता डीएसपी भेषराज रिजालले विज्ञप्ति जारी गर्दै रवि लामिछाने र रास्वपाका आरोपहरूलाई अस्वीकार गर्दै भ्रम नफैलाउन आग्रह गरेका छन्।

प्रहरीका अनुसार बुधवार राति लामिछानेलाई बयानपछि हिरासत कक्षमा नलगेर भेटघाट कक्षमा राखिएको थियो। उनी राति १२:०५ बजे चितवनबाट पोखरातर्फ लैजाने निर्णय सुरक्षाजन्य कारणले गरिएको थियो।

विज्ञप्तिमा भनिएको छ, बयानका क्रममा भीडले ढुंगामुढा प्रहार गर्ने, प्रहरी कार्यालयमा जबर्जस्ती प्रवेश गर्ने प्रयास गरेकाले सुरक्षाको चुनौती बढेको थियो। हवाई उडान मौसमका कारण असम्भव भएपछि तत्काल पोखरा लैजानुपर्ने अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ।

पोखरा लैजाँदा प्रहरी कर्मचारीले दुर्व्यवहार गरेको, राति सुतेको बेलामा जबर्जस्ती उठाएको, अस्वस्थताका बाबजुद लगेको र प्रहरी कर्मचारीले रक्सी सेवन गरेको भन्ने आरोप भ्रामक र झुटो रहेको चितवन प्रहरीले दाबी गरेको छ।

यसैबीच, रास्वपाले लामिछानेलाई पोखरा लैजाँदा मानव अधिकार हनन भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएको छ। आयोगले घटनाको विषयमा अनुसन्धान गर्ने तयारी गरेको छ।


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू