काठमाडौं । सहकारी ठगी र सङ्गठित अपराधमा प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई आज पुनः म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदैछ ।
लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक थप गरिएको १० दिनको म्याद सकिएपछि फेरि म्याद थपका लागि अदालतमा पेस गर्न लागिएको हो ।
यही कात्तिक १५ गतेदेखि लागू हुनेगरि गत मङ्गलबार लामिछानेमाथि अनुसन्धानका लागि १० दिनको म्याद थपिएको थियो । यसअघि कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पूर्वगृहमन्त्री लामिछानेमाथि अनुसन्धानका लागि ६ र ७ दिन गरी दुई पटक म्याद थपिएको थियो ।
लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको छ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले सभापति रवि लामिछाने पक्राउको विरोधमा आज पनि पोखरामा प्रदर्शन गर्ने भएको छ । रास्वपाले सभापति लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोध राखेर हिरासतको समय लम्ब्याउने काम गरिरहेको आरोप लगाउँदै आएको छ ।