fbpx

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

author

समाचारपाटी

१ महिना अगाडि

काठमाडौं I राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मंगलबार कास्की जिल्ला अदालतले अनुसन्धानका लागि ४ दिनको थप म्याद दिएको हो।

कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालका अनुसार प्रहरीले लामिछानेसहित अन्य तीन जनालाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो। म्याद थप गरिएका अन्य व्यक्तिहरूमा गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, र जीबी राईका सहयोगी लिला पछाईं रहेका छन्।

सुर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले ८४ दिनको अनुसन्धानपछि सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ, जसमा ३७ जना फरार छन्। प्रहरीको रायअनुसार प्रतिवादीहरूविरुद्ध १ अर्ब ५१ करोड बिगो माग दाबी गर्नुपर्नेछ।

यसअघि प्रहरीले थप प्रमाण संकलन गर्न भन्दै अदालतसँग चार दिनको म्याद माग गरेको थियो। अदालतले उक्त मागलाई स्वीकार गर्दै थप अनुसन्धानका लागि अनुमति दिएको हो।


काठमाडौं

सोमवार, माघ ७, २०८१

१७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन