fbpx

‘प्रमुख ३ दलले संसदलाई आफ्नो सिन्डिकेट बनाउन खोजे’

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई प्रमुख तीन राजनीतिक दलहरुले आफ्नो सिन्डिकेट बनाउन खोजेको बताउनुभएको छ ।

 
आईतवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले संसदलाई काँग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) का सांसदहरुले आफ्नो सिन्डिकेट बनाउन खोजेको बताउनुभएको हो । उहाँले तीन राजनीतिक दलहरुका बीचमा सल्लाह मिल्दा संसद चल्ने र सल्लाह नमिल्दा संसद नचल्ने भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले दलहरुले पटक–पटक यस्तो गरेको भन्दै अब आफूहरुले नसहने बताउनु भयो । उहाँले आपसमा सल्लाह नगरी जुनकुनै मुद्दा संसदमा लिएर आउन आग्रह गर्नुभयो । 


उहाँले भन्नुभयो – ‘सदन तीन नेताको होइन ।  सदन प्रतिपक्षको हो अझ बढी । सार्वभौम जनताले चुनेर पठाएका जनप्रतिनिधिले जनताका कयौँ सवालमा कुराकानी गर्नुपर्नेछ । उहाँहरुको सल्लाह मिल्यो भने संसद चल्ने भयो । नमिल्दाखेरी संसद नचल्ने भयो । संसदमा स्वतन्त्र रुपमा जितेर आउनुभएको मानीय ज्यूको पनि उत्तिकै भुमिका रहन्छ । संसदलाई संसदजस्तो बनाउनुपर्छ । सरकार अथवा ठूला दलहरु बीचको भागबन्डाको विषय नै होइन संसद । प्रमुख तीन दलले संसदलाई आफ्नो सिन्डिकेट बनाउन खोजेको देखियो । पहिलो पटक भएको छैन यस अगाडी पनि भएको थियो । त्यतिखेर पनि हामी चुपचाप बस्यौँ । ठिकै छ भनिरह्यौँ । तर यो गर्न पाइँदैन । यो गलत हो । संसदको मर्यादालाई, संसदको गरिमालाई जोगाउनुपर्ने हुन्छ । जनप्रतिनिधिहरु त्यहाँ आम नागरिकको मुद्दा बोकेर आएका हुन्छन् । सरकारले एक त बिजनेश नै दिन सकिरहेको छैन । सरसल्लाहमा बसेर अनुमति लिएर मात्रै गर्ने भन्ने ? जे मुद्दा छ संसदमा लिएर आउने । संसदमा कुरा गरौँ ।’


उहाँले आफूहरु मिटरब्याज पीडितहरुको पक्षमा नरहेको प्रचार गरिएको भन्दै त्यसमा सत्यता नरहेको बताउनु भयो । आफूहरु मिटरब्याज पीडितको लागि आएको अध्यादेशको पक्षमै रहेको उल्लेख गर्दै उहाँले अन्तिम दिनमा संसदमा ल्याउनु नै सरकारको गल्ती भएको बताउनु भयो । उहाँले आफूहरु संसद सुचारु रुपमा चलोस् र प्रधानमन्त्रीले संसदबाट जवाफ दिनुपर्ने पक्षमा रहेको स्पष्ट पार्नुभयो । 


उहाँले भन्नुभयो – ‘हामीले यत्ति कुरा भनेका हौँ कि यो महत्वपूर्ण अध्यादेशमार्फत आएको मिटरब्याजसम्बन्धी विषय थियो । यसको पक्षमा हामी थियौँ । सरकारले यस्तो महत्वपूर्ण कुरालाई अन्तिम दिनमा ल्याएर के गर्न खोजेको हो ? हामी सिरियस छौँ चाहीँ भन्ने त्यो अन्तिम दिनमा ल्याउनु के जरुरी थियो ? संसद त विभिन्न कारणले अवरुद्ध हुन पनि सक्ला । अन्तिम दिनमा ल्याइसकेपछि त्यो जिरोमा जान्छ । त्यसलाई पनि प्रतिस्थापन विधेयक ल्याएर १५ दिनमा अगाडी लिएर जान सकिन्छ । देखाउनका लागि जनप्रिय बन्नका लागि हामीले ल्यायौँ नि मिटर ब्याजको लागि भन्ने अनि प्रतिपक्षले गर्न दिएन भन्ने ? सबै प्रतिपक्ष एउटै होइनन् । धेरै प्रतिपक्ष छन् । हामी आफ्नो मुद्दामा छौँ । कहिलेकाही प्रतिपक्षका बीच कमन मुद्दाहरु हुन्छन् ति अलग कुरा हुन् । हामीले अहिले के भनेका हौँ भने संसद सुचारु रुपमा चलोस् । प्रधानमन्त्रीले जवाफ दिनुप¥यो । प्रधानमन्त्रीले अत्यन्त गम्भिर विषय उठाउनु भयो । यो अत्यन्त अशोभनिय विषय भयो ।’ 


सभापति लामिछानेले यसअघिको बैठकमा एमालेका सांसदहरुले बोलेपछि सभामुखले आफूहरुलाई बोल्न नदिएर सबै प्रतिपक्षको आवाज नै त्यही हो भन्ने भाष्य निर्माण गरिएको बताउनु भयो । उहाँले रास्वपाको आफ्नै अडान र मुद्दाहरु रहेको उल्लेख गर्दै त्यसमा आफूहरु अडिग रहेको बताउनु भयो ।


काठमाडौं

शुक्रबार, अशोज २५, २०८१

१९.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने