fbpx

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

author

समाचारपाटी

४ दिन अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई तिहाइको सरकार घातक भएको बताउनुभएको छ ।


मङ्गलवार प्रतिनिधि अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले वर्तमान दुई तिहाईको(काँग्रेस–एमाले)को सरकार घातक भएको बताउनुभएको हो । उहाँले सरकारले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गर्न नसकेको र विपद्को बेलामा गम्भीरता देखाउन नसक्दा नागरिकको ज्यान गएको भएपनि कोही सांसदहरुले बिरोधमा नबोलेको भन्दै दुई तिहाइको सरकार घातक भएको टिप्पणी गर्नुभएको हो ।

उहाँले काँग्रेस–एमालेका सांसदहरुप्रति लक्षित गर्दै विगतमा केही हुँदा सरकारलाई दोष दिनेहरुको अहिले भने स्वर सुकेको बताउनु भयो । उहाँले दुई तिहाइको सरकार घातक हुने भएकाले एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्ने बताउनु भयो । उहाँले दुई ठूला पार्टीको सरकार हुँदा सरकारलाई सचेत गराउने स्वर सानो हुने बताउनु भयो । सभापति लामिछानेले सरकारले रात्रिकालिन बस नचलाउन सूचना जारी गरेपनि सरोकारवाला निकायलाई जानकारी नगराएको भन्दै सकारले गैरजिम्मेवारपूर्ण काम गरेको बताउनु भयो । उहाँले सरकारमा नागरिकको ज्यान बचाउने इच्छाशक्ति नभएकोले नागरिकहरुको बिल्लिबाठ भएको बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘... यहीँ हुनुहुन्छ माननीयज्यूहरु त्यतिबेला राजु सदाको कोभिडले मृत्यु हुँदा यो मृत्यु भएको होइन राज्यले हत्या गरेको भन्नुभएको थियो । त्यो ढंगको प्रतिक्रिया हुनुप¥यो नि । त्यो ढंगको अर्जेन्सीको महशुस हुनुप¥यो नि । त्यसको महशुस भएर त्यही अनुसारको अभिव्यक्त हुनुप¥यो नि । ताकि भोलिका दिनमा यस्तो चिज नहोस् भनेर । दुई तिहाइको सरकार घातक छ । एउटा प्रतिपक्षमा बस्नुपर्छ ठूलो पार्टी । नत्र यस्तै हुन्छ । शान्त हुन्छ । केही पनि नभएजस्तो हुन्छ । मैले त्यतिखेर(गृहमन्त्री हुँदा) एक्शन रुमबाट राम्रो तयारी गरेको थिएँ । त्यसको निरन्तरता भएन । त्यसको निरन्तरता हुन सकेको भए, कमाण्ड पोस्टको मान्छे २४ सै घण्टा बस्ने व्यवस्था गरिएको थियो । प्रदेशभर राखिएको थियो । हेल्प सेन्टर राखिएको थियो । ति कुनै चिजको कार्यान्वयन भएनन् । राति गाडी नगुडाउनु भन्ने सूचना आयो । ट्राभल एडभाइजरीले बाटोमा गाडी रोक्छ ? ट्राभल एड्भाइजरी जारी गरेपछि त्यसको अक्षरशः पालना गर्नुपर्छ भनेर कसलाई भनियो ? कहाँ परिपत्र भयो ? रोक्ने गौँडाहरु त थिए त । कही पनि गर्न सकिएन । नियमित जस्तो झारा टार्ने काम भयो । सरकारले गरेको यो एकदमै गैरजिम्मेवारीपूर्ण काम हो । यो कुरालाई स्वीकार गर्नुपर्छ । हाम्रो स्रोत, साधन, क्षमतामा सिमितता छ । तर असिमित इच्छाशक्ति हुन सकेको भए नागरिकको ज्यान बचाउन सकिन्थ्यो । मान्छेहरुको यस्तो बिल्लिबाठ हुँदैन थियो ।’ 


सभापति लामिछानेले आफू गृहमन्त्री हुँदा बनाएको एक्शन रुमको कार्यान्वयन गरेको भए ठूलो क्षति नहुने जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

शनिबार, अशोज १९, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन