कांग्रेस सभापति देउवाको निवास अगाडि राखेको शंकास्पद वस्तु निस्क्रिय पारियो

author

समाचारपाटी

१0 महिना अगाडि

धनगढी । धनगढी उपमहानगरपालिका -४ मा रहेको नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवास अगाडि राखिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ । शनिबार राति ड्युटीमा रहेको प्रहरीले देउवाको निवासको बाहिरपट्टीको सडकमा कालो झोलामा तार देखिने गरि शंकास्पद वस्तु देखेको थियो ।

त्यसपछि नेपाली सेनाको बम डिस्पोजल टोली एकाबिहानै घटनास्थल पुगेको थियो । केही बेरअघि गरिएको डिस्पोजलमा इलेक्ट्रिक केतली भित्र बालुवा हालेको र त्यो बालुवाभित्र पनि सानो टिफीनको बक्सा जस्तो देखिने वस्तु राखिएको फेला परेको हो ।

नेपाली सेनाको टोलीले उक्त वस्तु निस्क्रिय पारेको हो । त्यसमा विस्फोटक रहे नरहेको प्राविधिक परीक्षण पछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ । देउवाको उक्त निवास सुदूरपश्चिमका पूर्वभौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले आफ्नो निवासको रुपमा प्रयोग गरिरहेका थिए ।


काठमाडौं

शुक्रबार, जेष्ठ ३१, २०८२

२१.५१°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः पुष्पकमल...

प्रतिपक्षीहरुको कारण अवरुद्ध संसद उनीहरुकै कारण सुचारु हुन्छः महेश...

समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव...

स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछः...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन