fbpx

साउन ७ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

author

समाचारपाटी

७ महिना अगाडि

काठमाडौं । साउन ७ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। बिहीबार बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख र पार्टीका प्रमुख सचेतकहरूबीच छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले साउन सात गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको जानकारी दिनुभएकाे हाे। केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि पहिलो पटक प्रश्नोत्तर हुने भएको हो।

उहाँले भन्नुभयाे,'प्रतिनिधिसभा नियमावली व्यवस्थाअनुसार साउन सात गने प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको छ। त्यो अगाडि बढ्छ।' प्रतिनिधि सभा नियमावलीमा हरेक महिना सांसद् र प्रधानमन्त्रीबीच प्रश्नोत्तको प्रावधान राखिएको छ। नेता पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते लिन लागेको विश्वासको मतका विषयमा पनि छलफल भएको बताउनुभयाे। असार ३० गते प्रधानमन्त्री नियुक्त हुनुभएका ओलीले साउन ६ गते प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने तयारी गर्नुभएकाे छ।

संविधानको धारा ७६ (२) अन्तर्गत नियुक्त प्रधानमन्त्रीले सोही धाराको उपधारा ४ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । असार ३१ गते प्रधानमन्त्रीको शपथ लिएकै दिन ओलीले २२ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्। ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा एमालेसँगै लोसपा र जसपा सहभागी छन्।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१३.२°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन