fbpx

कर्मचारीतन्त्रको स्थायित्व र गुणस्तरीय सेवा प्रवाहका लागि आवधिक सरुवा प्रणाली लागू गर्नुपर्छः लोकसेवा आयोग

author

समाचारपाटी

३ हप्ता अगाडि

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले कर्मचारीहरुको आवधिक रुपमा सरुवा हुने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष रेग्मीले यस्तो बताउनुभएको हो । उहाँले कर्मचारीहरुमा विषयगत विशेषज्ञताको विकास र सेवा प्रवाहमा गुणस्तरीयता कायम गर्न आवधिक सरुवा प्रणालीको ल्याउन जरुरी रहेको बताउनु भयो । उहाँले सचिवको हकमा एक वर्ष, सहसचिवको दुई वर्ष, उपसचिवको तीन वर्ष, शाखा अधिकृतको चार वर्ष र अन्य कर्मचारीको पाँच वर्ष कम्तिमा पनि एउटै मन्त्रालय मातहतको निकायमा रहने सुनिश्चितता गरिनुपर्ने बताउनु भयो । उहाँले कर्मचारीतन्त्रलाई स्थायित्व दिनको र सुशासन कायम गर्न कर्मचारीको आवधिक प्रणालीले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘सरुवाको सन्दर्भमा सचिवको एक वर्ष, सहसचिवको दुई वर्ष, उपसचिवको तीन वर्ष, शाखा अधिकृतको चार वर्ष र अन्य कर्मचारीको पाँच वर्ष कम्तिमा पनि एउटै मन्त्रालय मातहतको निकायमा रहने सुनिश्चितता गरिनुपर्दछ । तर प्रदेश र स्थानीय तहमा पठाइने कर्मचारीको हकमा समेत उपयुक्त अवधी तोकी एकमुष्ट प्रदेश मुख्यमन्त्रीको कार्यालयमा पठाई उक्त कार्यबाट परिचालन गर्ने व्यवस्था गरिनुपर्दछ । आवधिक रुपमा सरुवा गर्दा कर्मचारीहरुमा विषयगत विषेशज्ञताको विकास हुने एवं सेवा प्रवाहमा गुणस्तरीयता कायम गर्न सजिलो हुने भएकाले यस्तो गर्न जरुरी छ । अहिले सक्रिय भएर लाग्यो भेन जतिबेला पनि सरुवा भइहाल्छ भनेर कर्मचारी लागेको देखिन्छ । यसरी चाहीँ कर्मचारी तन्त्रलाई स्थायित्व दिन्छ र सेवा प्रवाह एवं सुशासनमा अनुकुल प्रभाव पर्दछ ।’

निजामती कर्मचारीको उमेर हद ६० वर्ष राख्न नहुने उहाँको धारणा छ । उहाँले एकैपटक ६० वर्षको उमेरहद लागू गर्दा बढुवाको नजिक रहेका कर्मचारीहरुमा प्रतिकुल असर पर्ने र विश्वविद्यालयबाट नयाँ प्रवेश आकांक्षा राखेका उम्मेदवारहरुलाई समेत प्रतिकुल असर पर्ने भएकाले त्यसो गर्न नहुने बताउनु भयो । उहाँले लोकसेवाबाट लिइने परीक्षालाई पनि नियमित बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले प्रविधिको तिब्र रुपमा विकास भइरहेको उल्लेख गर्दै अब एउटा परिक्षा दिनकै लागि युवाहरुसँग पर्खिने समय नरहेको टिप्पण्णी गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘एकैपटक ६० वर्षको उमेरहद लागु गर्दा बढुवाको नजिक रहेका कर्मचारीहरुमा प्रतिकुल असर पर्ने विश्वविद्यालयबाट नयाँ प्रवेश आकांक्षा राखेका उम्मेदवारहरुलाई समेत प्रतिकुल असर पर्ने र अप्सनको अभावमा पलायन हुने अवस्था सिर्जना हुने किनभने अहिलेका युवाहरुलाई पर्खिृने समय छुट छैन । प्रविधिले धेरै अगाडि बडिसकेको हुन्छ । तीन वर्षपछि अफिसर दिउँला भनेर अहिलेको ठिटो पर्खेर बसेको हुदैन । यस्तो गर्यो भने उसलाई बाध्य बनाएर पलायन गरेको ठहर्छ । त्यसकारण यस्तो गर्नु हँुदैन । र संविधान आयोगको संवैधानिक भुमिकालाई चलायमान गरिरहनुपर्ने भन्ने लोकसेवा आयोगको धारणा छ । हाल भएको ५८ वर्षको उमेरहदबाट एकैपटक ६० वर्ष पुर्याउँदा यसबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा पर्ने प्रभाव पर्ने प्रतिकुल असरको गाम्भिरर्यतालाई न्युन गर्ने ।’ 


समितिले बैठकमा आज संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि लोकसेवा आयोगसँग छलफल गरेको हो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन