प्यूठानका २१ वर्षीय क्षितिज रोका ६ दिनदेखि बेपत्ता

author

समाचारपाटी

१0 महिना अगाडि

बुटवल । प्यूठानको झिमरुक गाउँपालिका–७ तुषारा प्यूठानका २१ वर्षीय क्षितिज रोका ६ दिनदेखि बेपत्ता भएका छन् । गैडाकोट–६ नवलपरासी कालिकाचोकस्थित हिमछायाँ कलेजमा विएससीएजी पाँचौ सेमेष्टर पढ्दै गरेका रोका भदौ १४ गतेदेखि घरपरिवारको सम्पर्कमा छैनन् । खोजी कार्य जारी रहे पनि नभेटिंदा परिवार पीडामा तड्पिएका छन् । झिमरुक निवासी रोकाको परिवार अहिले मल्लरानी गाउँपालिका–४ खलंगा प्यूठानमा बस्दै आएका छन् ।

‘अघिल्लो दिनसम्म बुवाआमासँग र हराउनुको केही समयअघिसम्म भाइसँग फोनमा कुराकानी भएको थियो’, बुवा टुकबहादुर आरसीले भन्नुभयाे, ‘पछि फोन गर्दा उठेन । हामी प्यूठान थियौँ । गैडाकोट आएर हेर्दा दुवै फोन कोठामै छाडेर गएछन् ।’ दुई वटा मोबाइल सहित चेक, एटिएम र सवै कपडाहरू कोठामै छाडेर बेपत्ता भएको बुवा आरसीले जानकारी दिनुभयाे ।

‘पोखराकी एक केटीसँग सम्बन्ध भएको भन्ने पनि सुनिएको थियो’, आरसीले भन्नुभयाे,‘त्यसबारेमा प्रहरीलाई जानकारी दिएका छौँ । पोखरामा पनि ती केटी बिरामी छन् रे भन्ने सुनेका छौँ ।’ परिवारले छोराको खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय गैडाकोटलाई आग्रह गर्नुभएकाे छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हस्त बहादुर सुनारले बेपत्ता प्रहरीलाई खबर हुँदा बित्तिकै खोजी कार्य जारी राखिएको बताउनुभयाे । सम्बन्धमा रहेकी पोखराकी ती युवतीले शितिजको मोबाइलमा किन फोन नउठाएको भन्ने खालका म्यासेजहरु पठाएको प्रहरी निरीक्षक सुनारले जानकारी दिनुभयाे । फरेन्सिक ल्याबका लागि क्षितिजको मोबाइल काठमाडौं पठाइएको उहाँले बताउनुभयाे ।

‘मैले प्रगति गर्न सकिनँ, पढ्न सकिनँ जस्ता कुरासहितको दश पाना लेखेर कोठामा छाडेका रहेछन्’, प्रहरी निरीक्षक सुनारले भन्नुभयाे,‘सबै क्षेत्रमा खोजीकार्यका लागि प्रहरी परिचालन गरिएको छ ।’

annapurnapost


काठमाडौं

बुधबार, असार २५, २०८२

२१.७५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन