fbpx

भारतबाट आयात हुने तरकारीमा प्रतिबन्ध लगाँउ : ज्ञानेन्द्र शाही

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । सत्तारूढ राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले तरकारीको बिक्री वितरणमा संलग्न बिचौलियाहरूलाई तत्काल जेल चलान गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रमुख सचेतक शाहीले नेपाली किसानलाई आत्महत्या गर्नबाट जोगाउन भन्दै बिचौलियाहरूलाई तत्काल हतकडी लगाएर जेल चलान गर्न कृषि मन्त्री ज्वालाकुमारी साहसँग माग गर्नुभएको हो ।

आइतवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले भारतबाट आयात हुने तरकारीमा प्रतिबन्ध लगाउन पनि सरकारलाई दबाब दिनुभयो । नेपालमा व्यापार नभएर आत्महत्या गर्न बाध्य भएका किसानलाई राहत दिन पनि सरकारले भारतबाट आयात हुने तरकारीमा प्रतिबन्ध गराउनुपर्ने उहाँको तर्क थियो ।

प्रमुख सचेतक शाहीले भन्नुभयो, ‘मैले हिजो एउटा किसान चितवनमा रोइरहेको देखेको छु । हजारौँ किसान आज सडकमा आएका छन् तर हामी रोस्ट्रममा बसेर खोक्रा भाषण ठोकिरहेका छौँ ।

हाम्रो नीति कहाँ छ रु माननीय कृषि मन्त्रीलाई आग्रह गर्दछु– भारतबाट आउने तरकारी बन्द गर्नुस् । बारीमा जाउँ भविष्य छैन, खाडी जाउँ उमेर छैन । आज नेपाली किसानले आत्महत्या गर्न बाध्य भएका छन् । चितवन यो काठमाण्डौको रोस्ट्रमभन्दा १३७ किलोमिटर टाढा छ ।

तर आज चितवनमा टमाटरको मूल्य आठ रुपैयाँ किलोमा बिक्री हुन्छ तर त्यही टमाटर आज हामी काठमाण्डौमा ६० रुपैयाँ किलोमा खान बाध्य छौँ । तत्काल कृषि मन्त्रीज्यूलाई मेरो अनुरोध छ, आग्रह छ– यी बिचौलियालाई हतकडी लगाएर थुनियोस् र यिनलाई बन्द गरियोस् । अनिमात्रै नेपाली किसानलाई आत्महत्या गर्न बाध्य बनाउने बाटो बन्द हुन्छ । नेपालका किसानले भारतमा तरकारी बेच्न नपाउने अवस्था छ । त्यसको अन्त्य गरियोस् ।’

चालु आर्थिक वर्षको छ महिनामा १० अर्ब ११ करोड २२ लाख रुपैयाँको हरियो तरकारी आयात गरिएको उल्लेख गर्दै प्रमुख सचेतक शाहीले नेपालको ठूलो धनराशी यसरी खेर गइरहेको बताउनुभयो । उहाँले एसियामा नै कहलिएका ४४ वटा उद्योग कहाँ गयो भनी सरकारलाई प्रश्न गर्नुभयो । सरकारले चर्को ब्याजदर असुली गरेका कारण साना किसानले आत्महत्या र आत्मादाहको बाटो रोज्नु परेको उल्लेख गर्दै उहाँले यस्तो अवस्था आउन नदिने गरी सरकारले ब्याजदर निर्धारण गर्नुपर्ने पनि बताउनुभयो ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१८.६७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन