fbpx

प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को तेस्रो कार्यकाल

author

समाचारपाटी

२ years अगाडि

संविधानका समर्थक र विरोधी, गणतन्त्रवादी र राजावादी, संघीयता पक्षधर र विरोधी, समावेशिताका पक्षधर र विपक्षी सबै एकैठाउँमा उभिएको खिचडी सरकारको नेतृत्व गर्ने काम कम चानचुने छैन ।

प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल 'प्रचण्ड'को यो तेस्रो कार्यकाल हो । पहिलो र दोस्रो कार्यकालको परीक्षाको अनुभवका आधारमा सामना गर्न तयार हुनुभएकाे प्रचण्डका लागि यो तेस्रो परीक्षा हो । यो परीक्षा सामना गर्नुको विकल्प प्रचण्डका लागि छैन । उहाँको सफलता र असफलतामा मुलुकको विकास र समृद्धिको सफलता र असफलता पनि जोडिएको छ । हामीलाई मुलुकको सफलताको विकल्प खोज्ने सुविधा छैन ।

प्रचण्ड यस्तो पात्र हुनुहुन्छ जसले युद्धको नेतृत्व गरिरहँदा नै हरेक तहको नेतृत्व हरेक परीक्षामा पास हुनैपर्छ भन्ने गर्दथे । प्रचण्ड भन्ने गर्थे, एकपटक पास भएको वा उत्कृष्ट ठहरिएको नेता वा कार्यकर्ता सर्वकालिक पास वा उत्कृष्ट हुन्छ भन्ने छैन । त्यसैले क्रान्तिकारी भइरहन निरन्तर परीक्षामा सामेल हुँदै पास हुनैपर्ने बाध्यता छ । निरन्तर क्रान्तिको सिद्धान्त अनुसार क्रान्तिको नेता पनि निरन्तर पास हुन जरूरी छ भन्ने उहाँको आशय थियो ।

यो मामला क्रान्ति गर्ने समयको थियो । अर्थात् विद्यमान राज्य सत्ता ध्वंस गर्ने बेलाको थियो । तर यतिबेला परिस्थिति बदलिएको छ । अब ध्वंस हैन, निर्माणको आवश्यकता छ । पार्टी, समाज र राष्ट्र निर्माण आजको कार्यभार हो । हिजो ध्वंसमा उत्कृष्ट ठहरिएकाहरू आज निर्माणमा उत्कृष्ट ठहरिन जरूरी छ, त्यसले मात्र नेतृत्वको परीक्षा र परीक्षण हुन्छ । यही पृष्ठभूमिमा भन्दा अबको राजनीति निर्माणमा उत्कृष्टताको प्रमाणपत्र प्राप्त गर्ने गरी हुनुपर्छ, कम्तीमा यो परीक्षामा उत्तीर्ण भने पनि हुनैपर्छ । यो कुरा प्रचण्डका हकमा पनि लागू हुन्छ ।

ध्वंसको चरण पार गरेर निर्माणको चरणमा प्रवेश गरेपछि प्रचण्ड प्रधानमन्त्री बन्ने वा बनाउने काममा केन्द्रित हुनुभयाे । आफू प्रधानमन्त्री बन्ने परीक्षामा उहाँ तीन पटक उत्तीर्ण हुनुभयाे ।


काठमाडौं

बिहिबार, माघ २४, २०८१

१७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर

घान्द्रुकमा ‘द कोरस ब्याण्डको गीत विमोचन’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन