fbpx

‘मैले अहिले जुन कदम चालेको छु, त्यो प्रधानमन्त्री पदको लागि बिल्कुल होइन’:-पुष्पकमल दाहाल

author

समाचारपाटी

३ महिना अगाडि

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान संविधान सबै किसिमले पूर्ण नरहेको बताउनुभएको छ । 


मंगलवार काठमाडौंमा समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको संविधान सम्झौताकै दस्ताबेज भएकाले पूर्ण नरहेको बताउनु भयो । उहाँले अहिले आफूले नयाँ सत्ता समिकरण बनाएको उद्देश्य प्रधानमन्त्री बन्नका लागि नभएको जिकिर गर्नुभयो । उहाँले समाजवादको आधार तयार पार्ने उद्देश्यप्रति इमान्दार भइ र नेपालको राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरेर नयाँ समीकरण बनाएको बताउनु भयो । माजवादी धारा र प्रवृत्तिका पार्टीहरुले जित्दै जाँदा संविधान समाजवादतिर अझ अग्रसर हुँदै जन सकिने बताउनु भयो । उहाँले पुँजीवादी र प्रतिक्रियावादीहरुले जित्दै गए संविधान अझ प्रतिगामी हुँदै जाने खतरा रहेको बताउनु भयो । उहाँले संविधानलाई बढी भन्दा बढी प्रगतिशिल धारातिर अघि बढाउनका लागि आपसी एकतालाई सुदृढ गर्दै इतिहासका अनुभवबाट शिक्षा लिँदै अघि जान जरुरी रहेको बताउनु भयो । उहाँले नेपालका समाजवादी, देशभक्त र राष्ट्रवादीहरु एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तिब्र गतिमा अघि बढाउन सकिने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘मैले अहिले जुन कदम चालेको छु, त्यो प्रधानमन्त्री पदको लागि बिल्कुल होइन । यो कुरा सबैले बुझ्ने नै कुरा छ । यो समाजवादको आधार तयार पार्ने उद्देश्यप्रति इमान्दार भएर नेपालको राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्नुपर्ने आवश्यकताप्रति इमान्दार भएर केही जोखिम, केही चुनौति देख्दादेख्दै पनि चालिएको कदम हो । यसका बिरुद्ध एउटा तप्का निकै नै विक्षिप्त भएको देखिन्छ । तर पनि जनता र राष्ट्रको पक्षमा यो कदमले अन्ततः जनतालाई डेलिभरी दिँदै जाँदा सबैले बुझ्नेगरी स्थापित हुन्छ । संविधानको पनि यहाँ धेरै कुराहरु भए । यो बनेको संविधान पूर्ण छ भनेर हामीले कहिले पनि भनेका छैनौँ । यो सम्झौताकै दस्ताबेज हो । त्यहाँ थुप्रै पुँजीवादका विशेषताहरु पनि छन् । थुप्रै समाजवादका विशेषताहरु पनि छन् । समाजवादी धारा र प्रवृत्तिका पार्टीहरुले जित्दै जाँदा संविधान समाजवादतिर अझ अग्रसर हुँदै जान्छ । पुँजीवादी र प्रतिक्रियावादीहरुले जित्दै गए भने यो संविधान अझ प्रतिगामी हुँदै जाने खतरा पनि छ । हाम्रो जिम्मेवारी छ की, यो संविधानलाई बढी भन्दा बढी प्रगतिशिल धारातिर अघि बढाउनका लागि हामीले आपसी एकतालाई सुदृढ गर्दै इतिहासका अनुभवबाट शिक्षा लिँदै अघि जान जरुरी छ । नेपाल मात्रै त्यस्तो परिस्थितिमा छ, यहाँका समाजवादीहरु, देशभक्तहरु राष्ट्रवादीहरु एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तिब्र गतिमा अघि बढाउन सकिन्छ ।’

प्रधानमन्त्री दाहालले आफूले केही जोखिम मोलेर भएपनि देशभक्त वामपन्थीहरुलाई एकतामा ल्याउने जमर्को गरेको बताउनु भयो । उहाँले समाजवादको जन्म अन्ततः सडकबाटै भएको बताउनु भयो ।  


काठमाडौं

मङ्लबार, साउन १, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिनमै गठन गरे २२...

प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत

‘कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो’

‘सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चर्चामा संगीतकार कस्तुप पन्तको ‘बिजुली चमक्क’

आर्जन पाण्डेले ल्याए आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’

गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा ‘तातो पानी...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन