समाजवादी मोर्चा प्रचण्डलाई सरकारमा जान बनाइएको टेको होइनः पुष्पकमल दाहाल

author

समाचारपाटी

१ महिना अगाडि

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चा आफूलाई सरकारमा जाने टेकोका रुपमा निर्माण नगरिएको बताउनुभएको छ ।

शनिवार ललितपुरमा समाजावदी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । प्रचण्डको लागि समाजवादी टेको बनाइयो भन्नेकुरा सही नभएको बताउनु भयो । उहाँले समाजवादी मोर्चालाई फागुन २५ गतेको राजावादीहरुको प्रदर्शनपछि मात्रै सक्रिय बनाइएको भन्नेकुरा गलत भएको र यसअघि पनि आफूहरुले विभिन्न कार्यक्रम गरेको बताउनु भयो । 

अध्यक्ष दाहालले भन्नुभयो, ‘समाजवादी मोर्चा प्रचण्डको लागि टेको हो भन्नेकुरा बिल्कुलै गलत हो । हामीले समाजवादी मोर्चा सोचे, सम्झेर बनाएको हो । पहिला उपेन्द्र यादव हुनुहुन्थ्यो, अदालतमा मुद्दा परेकाले अहिले हुनुहुन्न । अहिले महेन्द्र राय यादव हुनुहुन्छ । हामी चार पार्टी नै रहेका छौँ । यो प्रचण्डको लागि भन्ने जो पर्न गएको छ, त्यो गलत पर्न गएको छ । समाजवादी मोर्चा २५ गतेको कार्यक्रमपछि मात्रै बैठक बसेर कार्यक्रम घोषणा गरेका होइन ।’

अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुले एक पटक जनतासँग आफ्नो आत्समीक्षा गर्न आवश्यक रहेको बताउनु भयो । सोही उद्देश्य लिएर आफूहरु जनतासँग जोडिएको उहाँको जिकिर छ । उहाँले विगतमा भएका त्रुटीहरु सच्याएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । समाजवादी मोर्चाको कार्यक्र राजावादीहरुको प्रदर्शको जवाफ र कम्पनको कुरा नभएको बताउनु भयो । 

उहाँले भन्नुभयो,‘हामीले के महशुस पक्कै गरेको हो भने हामी संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुले एक पटक जनतासँग आफ्नो आत्समीक्षा पनि जनतालाई राख्नुपर्ने भयो । केके त्रुटी विगतमा भए भन्नुपर्ने हुन्छ, अघि कसरी जाने भन्नेकुरा जनतालाई भन्नका लागि राखिएको कार्यक्रम हो । यो कुनै रियाक्शन पनि होइन । सानो कम्पन र ठूला कम्पनको कुरा पनि होइन ।’
अध्यक्ष दाहालले सरकारमा भएका वा नभएका पनि गणतन्त्रका पक्षधहरुसँग कुरा भइरहेको तर सरकारले विपक्षी दलहरुलाई अघि बढ्न र सरकारले पनि साथ दिने कुरा नगरेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१७.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’