fbpx

प्रचण्ड अवलोकनका लागि पुग्दा खुलेन विराटनगरमा क्रिकेट रंगशालाको गेट

author

समाचारपाटी

३ हप्ता अगाडि

विराटनगर । शुक्रबार बेलुका विराटनगर आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार बिहान विराटनगर महानगरपालिका–१९ बैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अवलोकनका लागि पुग्नुभयाे । आफ्नै कार्यकालमा राष्ट्रिय गौरवको आयोजनाको रुपमा समावेश गरेको रंगशाला पुग्दा क्रिकेट मैदानको गेटमा भने चाबी लागेको थियो । चाबी लागेका कारण प्रचण्ड मैदान भित्र प्रवेश गर्न पाउनुभएन । बाहिरैबाट क्रिकेट मैदान हेरेर फर्किनुभयाे ।

क्रिकेट मैदानमा बनाएको एउटा प्याराफिट माथि उभिएर उहाँले मैदान रंगशाला हेर्नुभयाे । रंगशालामा रहेका संरचनाका बारेमा किरण गिरीले उहाँलाई ब्रिफिङ गर्नुभयाे । प्रचण्डलाई मैदान प्रवेश गराउने तयारी थियो । तर क्यानका पदाधिकारी नपुगेपछि चाबी खुलेन् । ताला फोड्ने प्रयास भएपनि गलत सन्देश जाने भन्दै फोडिएन् ।

क्रिकेट मैदानको चाबी नेपाल क्रिकेट संघ मोरङ मोहम्दबाबु साद कुरेसीसँग छ । कुरेसी नेपाल क्रिकेट संघ केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दसहितको टोलीसँग झापामा छन् । ‘पूर्वप्रधानमन्त्री प्रचण्ड आउने कुरा सुरुमा जानकारी भएन, उहाँ पुगेपछि खबर गर्नुभयो, चाबी लिएर पुग्दा ढिलो हुन्छ होला ताला फुटाउँदा हुन्छ भन्नुभएको थियाे,’ उहाँले भन्नुभयाे,‘उहाँ आउने जानकारी पाएको भए सुरुमा चाबी लिएर जान्थ्यौं ।’ विगतमा मैदान भित्र भएका सामग्री हराएपछि बाहिरबाट ताला लगाउन थालेको उहाँले बताउनुभयाे।

रंगशालाको अवलोकनपछि प्रचण्डले नेपाली राजनीतिका ऐतिहासिक व्यक्तित्व तथा शान्ति सम्झौताका हस्ताक्षरकर्ता पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाम राखेर राष्ट्रिय गौरवको आयोजनामा आफूले राखेको बताउनुभयाे । उहाँले गौरवको आयोजनाको काम छिटो गर्न उहाँले आग्रह पनि गर्नुभयाे ।

‘पहिले यो रंगशालाको नाम झापा वैजनाथ खेलमैदान थियो, म प्रधानमन्त्री भएकाले बेलामा विस्तृत शान्तिसम्झौताका एक हस्ताक्षरकर्ता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख नेताको नामबाट यसलाई अघि बढाइएको छ’, प्रचण्डले भन्नुभयाे,‘यो राष्ट्रिय गौरवको आयोजना हुनु पूर्वी नेपालकै खेल क्षेत्र र समग्र विकासका लागि महत्वपूर्ण छ । यसलाई छिटोभन्दा छिटो निर्माण गरियोस्, म प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा पनि यसलाई अघि बढाउन सहयोग गर्नेछु ।’

प्रचण्डले छिटो अघि बढाउनु भनेको रंगशालाको काम सुरु भएको २६ वर्ष भयो । २०५५ सालमा ८५ लाख लागतमा १५ विगाहा ५ कट्ठा जग्गा खरिद गरेर मल्टी प्रपोज रंगशाला निर्माण सुरु भएको थियो । गत वर्ष मात्रै राष्ट्रिय गौरबको आयोजनामा पर्‍यो । तर,सरकारको प्राथमिकतामा नपर्दा काम अघि बढेको छैन । भएका संरचना पनि प्रयोग बिहिन छन् ।

यो स्थानमा अन्तराष्ट्रिय मापदण्डको क्रिकेट रंगशाला, अन्तर्राष्ट्रिय स्तरकै फुटबल रंगशाला, एथलेटिक्स ट्रयाक, मल्टिप्रपोज कभर्ड हल, बास्केटबल कोर्ट, भलिबल कोर्टललगायतका संरचना निर्माण गर्ने मास्टर प्लान छ । सुटिङ र सफटेनिस कोर्ट कोर्टको संरचना तयार छ । सातौं राष्ट्रिय खेलुकदमा प्रयोग भएको क्रिकेट रंगशालामा बेलाबेला खेल हुन्छ । फुटबल मैदानमा स्थानीय युवाहरु प्राक्टिस गर्छन् ।

onlinekhabar


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१३.२°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन