राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनमा १२ औं संस्करणको पुष्पलाल स्मृती ब्याडमिन्टन विराटनगरमा हुने

author

समाचारपाटी

२ years अगाडि

राष्ट्रिय खेलकुद महासंघ अन्तरगत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनमा १२ औं संस्करणको पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता २०२३ विराटनगरमा हुने भएको छ । फागुण २ देखि ७ गते सम्म आयोजना हुने प्रतियोगिताको सह–आयोजकमा मोरङ्ग जिल्ला ब्याडमिन्टन संघ रहेको छ भने मुख्य प्रायोजकमा ब्याडमिन्टन खेल सामाग्री उत्पादन संस्था लिनिङ्ग रहेको छ । लिनिङ्गको प्रायोजन पश्चात प्रतियोगिताको नाम ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ रहने छ ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहने प्रतियोगितामा शिर्ष १६ बरियतामा रहेका पुरुष एकल, शिर्ष १२ बरियतामा रहेका महिला एकल, शिर्ष १६ बरियता बाहेकका पुरुष एकल, शिर्ष १२ बरियता बाहेकका महिला एकल, पुरुष र महिला युगल, यु–१७ छात्र र छात्रा एकल, भेट्रान ४५ बर्ष माथी र ५५ बर्ष माथी गरि १० विधामा करिव ३०० खेलाडीहरुको सहभागिता रहने आयोजकले जानकारी गराएका छन् ।

करिव २४ लाख ८४ हजारको लागत रहेको प्रतियोगिताको पुरस्कार रासी ५ लाख ९८ हजार रहेको छ । जस अन्तरगत शिर्ष १६ बरियता पुरुष र शिर्ष १२ बरियता महिला तर्फको खेल लिग कम नकआउटका आधारमा हुने छ । यस विधामा खेल्ने खेलाडीहरुले खेलमा सहभागिता जनाउने बित्तीकै नगद १ हजार ५ सय प्राप्त गर्नेछन् । यसैगरि लिग चरणमा प्रत्येक जित बापत थप १ हजार ५ सय प्राप्त गर्नेछन् । क्वाटरफाईनल जित्ने खेलाडीले थप ८ हजार प्राप्त गर्नेछन् । सेमिफाईनल जित्ने खेलाडीले थप १६ हजार जित्नेछन् भने फाईनल जित्ने खेलाडीले थप २० हजार र उपविजेताले थप ५ हजार प्राप्त गर्ने छन् ।

यस्तै उच्च बरियता बाहेकका महिला र पुरुष एकल, महिला र पुरुष युगल, भेट्रान ४५ बर्ष माथि र ५५ बर्ष माथिका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः नगद २० हजार, १० हजार र ५ हजार तथा यु–१७ छात्र तथा छात्रा एकल तर्फका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको दौरान सहभागी हुने खेलाडीहरुलाई एक छाक खाना तथा बसोबासको ब्यवस्था रहेको आयोजकले बताएका छन्।


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

२२.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’