कम्युनिस्ट एकताको प्रयासबाट थाकेका र आत्तिएका छैनौँः अध्यक्ष पुष्पकमल दाहाल

author

समाचारपाटी

३ हप्ता अगाडि

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले क्रान्तिकारी कम्युनिस्टहरूलाई एकता गर्ने प्रयासबाट नथाकेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवस तथा १५६ औँ लेनिन जयन्तीको अवसरमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरू क्रान्तिकारी कम्युनिस्टहरूलाई एकता गर्ने प्रयासबाट नआत्तिएको बताउँदै कम्युनिस्ट आन्दोलनको एकताको झन्डा बोक्न नछाडेको बताउनु भयो । उहाँले क्रान्तिकारी कम्युनिस्टहरूलाई एकतावद्ध बनाउने कुरामा विमुख नभएको समेत स्पष्ट पार्नुभयो । उहाँले नेपालको कम्युनिस्ट आन्दोलनलाई सिङ्गै एकता गर्ने उद्देश्यले प्रयास गरिए पनि सफल हुन नसकेको बताउँदै सबै क्रान्तिकारी कम्युनिस्टहरूलाई छलफलमा आउन आग्रह गर्नुभयो । उहाँले छलफल र बहस गरी सही विचारको आधारमा एकीकृत र केन्द्रिकृत भएर देशमा समाजवादी क्रान्तिको यात्रा अगाडी बढाउने सङ्कल्प गर्न कम्युनिस्ट पार्टीहरूलाई आह्वान समेत गर्नुभयो ।  

अध्यक्ष दाहालले भन्नुभयो, “क्रान्तिकारी कम्युनिस्टहरूलाई एकतावद्ध बनाउने कुरामा विल्कुल विमुख भएका छैनौँ । म सबै क्रान्तिकारी कम्युनिस्टहरूलाई जो जो, जहाँ जहाँ भएपनि सबैलाई गम्भीरताका साथ, जिम्मेवारीपूर्वक र निष्ठाका साथ म अपिल गर्न चाहन्छु, आउनुहोस् बसेर छलफल गरौँ, बहस गरौँ र एउटा सही विचारको आधारमा एकीकृत र केन्द्रिकृत भएर देशमा समाजवादी क्रान्तिको यात्रा अगाडी सङ्कल्प गरौँ ।  हामी सबै सोचौँ । हामीले यस सन्दर्भमा केही प्रयोगहरू गर्यौं, असफल भयौँ । हाम्रो पार्टी नै थियो, जसले नेपालको कम्युनिस्ट आन्दोलनलाई सिङ्गै एकता गरौँ भन्ने उद्देश्यका साथ निर्वाचनमा सँगै जाने र पार्टी एकता गर्ने प्रस्ताव अगाडी सारेको । तर अवसरवादका कारण सफल हुन सकेन । हामी त्यसबाट थाकेका छैनौँ, आत्तिएका पनि छैनौँ । हामी कम्युनिस्ट आन्दोलनको एकताको झन्डा बोक्न छाडेका पनि छैनौँ, छोड्न पनि छोड्दैनौँ  । तर त्यो सच्चा कम्युनिस्टको एकता हुनुप¥यो, क्रान्तिकारी कम्युनिस्टको एकता हुनुपर्यो ।”  


अध्यक्ष दाहालले वर्तमान सरकारको जन्म अप्राकृतिक, अलोकतान्त्रिक, अपारदर्शी र असंवैधानिक रहेको आरोप दोहो¥याउनु भयो । उहाँले अहिलेको सरकार भ्रष्टाचारीको संरक्षण गर्न बनेको आरोप समेत लगाउनु भयो । उहाँले अहिलेको सरकारले राम्रो काम गर्नेलाई अपनाम र आफ्नो पक्षमा अन्धो भएर लाग्नेलाई संरक्षण गरेको बताउँदै सरकारले सरकारमा बस्ने हैसियत र औचित्य गुमाइसकेको धारणा राख्नुभयो । 
 
उहाँले भन्नुभयो, “केपी ओली नेतृत्वको सरकारको जन्म नै अप्राकृतिक, अलोकतान्त्रिक, अपारदर्शी र असंवैधानिक छ भनेका छौँ । सरकारले गर्ने भनेकै भ्रष्टाचारीको संरक्षण गर्ने हो । यसले राम्रो काम गर्नेलाई अपनाम गर्ने र आफ्नो पक्षमा अन्धो भएर लाग्नेलाई नै जसरी पनि रक्षा गर्ने काम भएको छ । आजको दिनमा एक पनि सरकारमा बस्ने हैसियत र औचित्य सरकारले गुमाइसकेको छ ।”  उहाँले अहिले देशको राजनीतिक अवस्था जटिल र चुनौतीपूर्ण स्थितिमा पुगेको समेत जिकिर गर्नुभयो ।

– न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, जेष्ठ ३, २०८२

३०.०१°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान