fbpx

पुष्पा टण्डनको मृत्यु प्रकरण:-अनुसन्धानका लागि ४ जना पक्राउ

author

समाचारपाटी

२ years अगाडि

बुटवल । रुपन्देही तिलोत्तमाकी ३६ वर्षीया पुष्पा टण्डनको मृत्युको अनुसन्धानकालागि प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

घटनाको पाँचौं दिन प्रहरीले पुष्पाका छिमेकी रञ्जित भुसाल र भुसाल की पत्नी लक्ष्मी पोखरेल भुसालसहित चार जनालाई पक्राउ गरेको हो । पुष्पाका आफन्तले उनीहरुविरुद्ध प्रहरीमा आत्महत्या दुरुत्साहन मुद्दामा किटानी जाहेरी दिएका थिए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले किटानी जाहेरीका आधारमा आवश्यक अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको बताउनुभयाे । पक्राउ परेका अन्य दुई जनाको नाम भने प्रहरीले खुलाएको छैन ।

गुल्मी दरबार गाउँपालिकाकी पुष्पा टण्डन छोरा र छोरीको साथमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ ड्राइभरटोलमा बस्दै आउनुभएकाे थियाे ।

२७ साउनमा सालझण्डी नजिकै फायरलाइनमा रुखमा झुण्डिएको अवस्थामा उहाँको शव भेटिएको थियो । उहाँका आफन्तले पुष्पा आफैं झुण्डिएको नभई कसैले हत्या गरेको दाबी गर्दै दोषीलाई कारबाहीको माग राखेर आन्दोलन गर्दै आएका छन् ।

पुष्पाका श्रीमान भने वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा हुनुहुन्थ्याे, पुष्पाको मृत्युपछि घर आउनुभएकाे छ ।आफन्तहरुका अनुसार छिमेकी रञ्जित भुसालले पुष्पासँग १७ लाँख रुपैयाँ सापटी लिएकाे र सोही रकमका कारण घटना भएको हुन सक्ने उनीहरुको दाबी छ ।

onlinekhabar


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन