fbpx

व्यवसायिक सफलतातिर लम्किँदै गरेकी न्यौपाने कसरी आफैंलाई जलाउने अवस्थामा पुग्नुभयाे

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । व्यवसायिक परिवार, आफैं आर्थिक प्रशासनमा स्नातकोत्तर । अनि केल्मी नेपालकी अपरेशन म्यानेजर । नुवाकोटकी २७ वर्षीया पुष्पा न्यौपानेको व्यवसायिक जीवन सफलताको सिँढी चढ्दै थियो ।

तर पारिवारिक जीवनमा आइलागेको उल्झनमा उहाँले आफैंलाई पेट्रोल खन्याएर आत्मदाह गर्नुभएकाे छ ।

आइतबार साँझ ७ बजेतिर धुम्बराहीस्थित पिपलबोट चोक नजिकै एक घरको अगाडि जलिरहेको अवस्थामा भेटिएकी न्यौपानेको उपचारका क्रममा निधन भएको छ ।

घटनास्थलमा पूर्णतः जलिसकेकी अवस्थामा भेटिएकी न्यौपानेको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा सोमबार बिहान साढे ९ बजे उहाँको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनाली बताउँनुभयाे ।

पुष्पाले आफैंमाथि पेट्रोल खन्याएर आगो लागेको स्थान सुधन संग्रौलाको घर अगाडि हो, जोसँग पुष्पा न्यौपानेले गरेको टिकाटालो (इन्गेजमेन्ट) शनिबार मात्रै टुटेको थियो ।

न्यौपानेको परिवारले सुधनसहित सुधनका ५७ वर्षीय बुबा दिनेश, आमा बिन्दु संग्रौला र दाइ मधु संग्रौलाविरुद्ध आत्महत्या दुरुत्साहन गरेको कसूरमा किटानी जाहेरी दिएको छ ।

जाहेरीको आधारमा प्रहरीले सोमबार चारै जनालाई नियन्त्रणमा लिएको प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी अंगुर जिसी बताउँनुहुन्छ । यद्यपि अदालतले बुबाआमा र दाइलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको छ भने सुधनलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

पुष्पा इंगेजमेन्टको तस्वीर सामाजिक सञ्जालमा राख्न चाहानुहुन्थ्याे, भिडियोहरु सुधनलाई मेन्सन गरेर पोष्ट गर्न चाहानुहुन्थ्याे । तर सुधनले स्वीकृति दिनुभएन् । जब इन्गेजमेन्ट टुट्यो सानै उमेरमा व्यवसायिक सफलतातिर लम्किँदै गरेकी न्यौपाने कसरी आफैंलाई जलाउने अवस्थामा पुग्नुभयाे रु यो थाहा पाउन २०७८ माघतिर फर्किनुपर्छ, जहिलेबाट पुष्पा धुम्बाराही घर भएका व्यवसायी सुधनसँग नजिकिन थाल्नुभयाे ।

चीनबाट बालबालिकाको खेलौना लगायतका सामग्री आयात गरेर विक्री वितरणको काम गरिरहनुभएका सुधनको केल्मी नेपालको दरबारमार्गस्थित शोरुम जाँदा पुष्पासँग चिनजान भएको थियो । नियमित जसो शोरुममा जाने क्रममा निकटता बढ्यो । फेसबुकमा साथी हुँदैआपसमा फोन नम्बर साटासाट भयो ।

दुवैजना व्यवसायमा भएकाले घरमा पनि आउजाउ हुन थाल्यो । ‘विजनेस नै गरिरहेको केटो, दुवै जनाले विवाह गर्छौं भनेपछि मञ्जुरी जनाएका थियौं’, मृतककी काका उत्तम न्यौपाने भन्नुहुन्छ, ‘सबैको मञ्जुरीमा १८ भदौ २०७९ मा बुद्धनगरस्थित घरमा टिकाटालो गरेका थियौं ।’

त्यसपछि सुधन, पुष्पाको घरमा आउने जाने गरिरहन्थे । पुष्पा पनि धुम्बाराहीस्थित सुधनको घरमा गइराख्थिन् । तर विवाह भइसकेको थिएन । बरु इन्गेजमेन्ट भएको केही समयबाटै उनीहरुबीच खटपट सुरु भएको पाइएको छ ।

पुष्पा इंगेजमेन्टको तस्वीर सामाजिक सञ्जालमा राख्न चाहन्थिन्, भिडियोहरु सुधनलाई मेन्सन गरेर पोष्ट गर्न चाहन्थिन् । तर सुधनले स्वीकृति दिएनन् ।

‘परिवारका अरुले राख्दा किन ज्वाइँको फोटो नराखेको भनेर मैले पनि सोधेको थिएँ’, काका उत्तम सम्झन्छन्, ‘अहिले नहाल्नु भन्नुभएको छ भनेकी थिइन् ।’

दुईबीच यही विषयले खटपट हुन थालेपनि पुष्पाले घर परिवारलाई थाहा हुन दिएकी थिइनन् । साथीहरुसँग भने उनले सुधनको व्यवहार विस्तारै फेरिन थालेको बताउने गरेकी थिइन् । विस्तारै पुष्पाले सुधनमाथि शंका गर्न थालिन् ।

मनमुटाव घट्नुको साटो उल्टै उल्झिँदै गयो । कात्तिकतिर दुईबीच विवाद झन् बढेको पाइएको प्रहरी वृत्त, महाराजगञ्जका अनुसन्धान अधिकृतहरु बताउँछन् । त्यही कारण बिहेको मिति पनि तय हुन सकेको थिएन ।

शनिबार सुधनका बुबाआमा बुद्धनगरस्थित पुष्पाको घरमा आएर इन्गेजमेन्टमा दिएको सुपारी, दक्षिणा र गरगहना फिर्ता गरे । उत्तम भन्नुहुन्छ, ‘त्यतिबेला सुधनले अब मिल्न सक्दैनौं भन्नुभयो । त्यसपछि सम्बन्ध टुट्यो ।’

त्यतिबेला पुष्पाको परिवारका सदस्यहरुले सम्बन्ध तोड्नुको कारण सोधेका थिए । सुधनका बुबाआमाले भने ‘आफ्नै छोराको बुद्धि बिग्रिएको’ जवाफ दिए । सुधनले थप केही बताएनन् । बरु सहजै जवाफ फर्काए, ‘पुष्पालाई नै थाहा छ ।’

पुष्पा भने केही भन्नसक्ने अवस्थामा थिइनन् । ‘उनले नभनेकी हुन् कि के हो थाहा भएन । तर यही कारण हो भनेर उनले बताउन सकेकी थिइनन्’, उत्तम भन्नुहुन्छ ।

तत्काल उद्दार गरेर अस्पताल लगेको भए पनि अर्कै परिस्थिति हुनसक्थ्यो । प्रहरी अस्पताल पुर्‍याउँदा शरीर पूर्णतः जलिसकेको थियो ।

– पुष्पाका आफन्त
जब कपडा लिन हिँडेकी पुष्पा धुम्बाराही पुगिन्

आउने शनिबार पुष्पाको दिदीको इन्गेजमेन्ट हुँदै थियो । त्यसका लागि ‘ब्लाउज’ सिलाउन दिएकी थिइन् । त्यही लिन भन्दै उनी आइतबार दिउँसो ३ बजेतिर बुद्धनगरस्थित घरबाट निस्किएकी थिइन् । कपडा लिएर पुष्पा कतिबेला आइन् । फेरि कतिबेला निस्किइन्, परिवारका सदस्यहरुलाई राम्रो याद छैन ।

एक्कासी साँझ ७ः१५ बजेतिर पुष्पा आगोले जलेर गम्भीर अवस्थामा रहेको खबर आयो । पुष्पाको बुबा पुरुषोत्तम न्यौपानेलाई आएको फोनमा सुधनका बुबाले ‘पुष्पा जस्तै देखिने केटी जलिरहेको’ भन्दै बोलाइएको थियो ।

न्यौपानेले जो भए पनि तत्काल अस्पताल लगिदिन आग्रह गर्नुभएकाे थियाे । ‘प्रहरी आउँछ, छुनु हुँदैन’ भन्ने जवाफ पाएको उत्तम बताउँनुहुन्छ ।

‘तत्काल उद्दार गरेर अस्पताल लगेको भए पनि अर्कै परिस्थिति हुनसक्थ्यो’, उहाँ भन्नुहुन्छ, ‘प्रहरी अस्पताल पुर्‍याउँदा शरीर पूर्णतः जलिसकेको थियो ।’

प्रहरीका अनुसार पुष्पाले पाँच लिटरको ग्यालिनबाट पेट्रोल खन्याएको देखिएको छ । आधा पेट्रोल भएको ग्यालिन बरामद भएको प्रहरी वृत्त, महाराजगञ्जले जनाएको छ ।

‘पेट्रोल कहाँबाट ल्याइएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ’, जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनाली भन्नुहुन्छ ।

प्रहरीले घटनास्थल आसपासको क्लोज सर्किट (सीसी) क्यामराका फुटेजहरु संकलन गरिरहेको छ । प्रारम्भिक जाँचबुझमा पुष्पाले आफैंले पेट्रोल खन्याएको देखिएको अनुसन्धान अधिकृतहरु बताउँछन् । अनुसन्धान संलग्न एक अधिकृत भन्नुहुन्छ, ‘दुरुत्साहनको कसूरमा जाहेरी आएको छ, गम्भीरतापूर्वक छानबिन भइरहेको छ ।’

पक्राउ परेर हाजिरी जमानतमा छुटेका मधु चाहिँ हत्या नै गरे जसरी आफूहरुलाई प्रस्तुत गरिएको भन्दै आक्रोश व्यक्त गर्छन् । यद्यपि प्रहरीले अनुसन्धान जारी राखेको बताउँदै घटनापछि मात्रै यसबारे बोल्ने बताउँछन् ।

‘यो देशमा कानून होला, अदालत र न्याय होला’, उहाँले भन्नुभयाे, ‘अनुसन्धान जारी रहेकाले अहिल्यै धेरै बोल्दैनौं ।’

पुष्पाले आत्मदाह गरिरहेका बेला मधुसहित पुष्पाका प्रेमी सुधन र बुबाआमा पनि घरभित्रै थिए । तर, समयमै अस्पताल लैजान उनीहरुले तादरुकता नदेखाएको भन्दै पुष्पाको परिवार आक्रोशित छ । बरु प्रहरीले अस्पताल लगेपछि चाहिँ सुधनका दाइ र बुबा पनि पछिपछि अस्पताल पुगेका थिए ।

पक्राउ परेर हाजिरी जमानतमा छुटेका मधु चाहिँ हत्या नै गरे जसरी आफूहरुलाई प्रस्तुत गरिएको भन्दै आक्रोश व्यक्त गर्छन् । यद्यपि प्रहरीले अनुसन्धान जारी राखेको बताउँदै घटनापछि मात्रै यसबारे बोल्ने बताउँछन् ।

हत्या नै गरे जसरी प्रस्तुत गरियो, यो देशमा कानून, अदालत र न्याय होला । समय आएपछि बोल्छौं – हाजिर जमानतमा छुटेका मधु संग्रौला


चिनिया युवतीसँग प्रेम सम्बन्धमा रहेको शंका

पुष्पाको मृत्युपछि न्यौपाने परिवार शोकमा छ । तर उनीहरुलाई छोरीलाई आत्मदाह नै गर्नुपर्ने स्थितिमा पुर्‍याउने गरी के कारणले सम्बन्ध टुट्यो भन्ने प्रश्नले पनि घेरिरहेको छ । त्यसैले शोकमा पनि परिवारका सदस्यहरुले उनका साथीहरुसँग सोधेर दुई जनाको सम्बन्धबारे जानकारी लिने प्रयास गरिरहेका छन् ।

परिवारका एक सदस्यले उनका साथीलाई उदृत गर्दै बताएअनुसार सुधन चीनमा रहँदा त्यहीँकी एक युवतीसँग सम्बन्धमा थिए । कोरोना महामारीपछि नेपाल फर्किएका सुधन ती युवतीसँग अलग भइसकेका थिए । बरु नेपालमा फेरि पुष्पासँग सम्बन्ध गाँसिसकेका थिए ।

लकडाउनका बेला समस्यामा पर्दा व्यवसायलाई अघि बढाउन पनि सुधनलाई चिनियाँ युवतीले नै सहयोग गरेको न्यौपाने परिवारको बुझाइ छ । ‘यसबारे पुष्पाले थाहा पाएपछि दुईबीच मनमुटाव हुन थालेको हो’, पुष्पाका नजिकका साथीहरुलाई उदृत गर्दै परिवारका सदस्य भन्छन्, ‘उनले एकपटक दुईजनाको फोटो नै भेटेकी रैछिन् ।’

इन्गेजमेन्टमा फोटो हाल्न नदिनुको कारण पनि यही भएको परिवारको आशंका छ । ‘प्रहरीलाई सामाजिक सञ्जालदेखि लिएर फोनको सबै विवरण अनुसन्धान गर्न भनेका छौं’, पुष्पाका काका उत्तमले भन्नुभएकाे छ ।

source:-onlinekhabar


काठमाडौं

आइतवार, माघ २७, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्

कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्यायौँः प्रधानमन्त्री ओली

सरकारले नीतिगत र कानूनी सुधारमा काम गरिरहेको छः गृहमन्त्री...

किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर