fbpx

प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सीलाई हाङचाओमा र प्रधानमन्त्रीलाई बेइजिङमा भेट्ने

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो न्युयोर्क र चीन भ्रमणबारे संसदलाई जानकारी गराउनुभएकाे छ। दाहालले चिनियाँ राष्ट्रपति सी जिङपिङलाई हाङचाओमा भेट्ने कार्यसूची रहेको बताउनुभयाे।

असोज ५ गते न्ययोर्कबाट सिधै चीनको हाङचाओ जान लागेका प्रधानमन्त्री दाहालले असोज ६ गते राष्ट्रपति सीसँग शिष्टाचार भेट गर्नुहुने भएकाे हाे। राष्ट्रपति सीसँगको भेटवार्तापछि प्रधानमन्त्री दाहाल एसियन गेम्समा सहभागी हुनुहुनेछ।

त्यसको भोलिपल्ट उहाँले चिनियाँ समकक्षी ली चियाङसँग भेट गर्नुहुनेछ। समकक्षीसँगको भेटमा नेपाल र चीनबीच द्विपक्षीय सम्झौता हुने प्रधानमन्त्री दाहालले बताउनुभयाे। यद्यपि कुन कुन विषयमा सम्झौता हुने भन्नेबारे उहाँले केही खुलाउनुभएन।

त्यसको भोलिपल्ट चोककिङ महानगरपालिकाको भ्रमण गर्ने त्यहाँ विज्ञान र प्रविधि विषयको अवलोकन गर्ने प्रधानमन्त्री दाहालले बताउनुभयाे। त्यसको भोलिपल्ट उहाँले नेपालसँग सीमा रहेको तीब्बतको स्वसाशित क्षेत्रको अवलोध गर्नुहुनेछ।

उहाँले नेपाल र चीनबीच लामो समयदेखि घनिस्ट सम्बन्ध रहेको चर्चा गर्नुभयाे। उहाँले चीन र नेपाल विकास साझेदार रहेको बताउँदै नेपालको विकासमा चीनको भूमिका महत्वपूर्ण रहेको बताउनुभयाे। उहाँले नेपाली जनताको हित र नेपाल चीन सम्बन्धलाई मजबुत बनाउने प्रयास आफ्नो रहने बताउनुभयाे।


काठमाडौं

बिहिबार, मंसिर २०, २०८१

१०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन