fbpx

सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई दृढतापूर्वक अघि बढाउँछः प्रधानमन्त्री

author

समाचारपाटी

९ महिना अगाडि

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नयाँ गठधन सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई दृढतापूर्वक अघि बढाउने बताउनुभएको छ ।

शनिवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । त्यस  अवसरमा प्रधानमन्त्री दाहालले सरकारको सो अभियानलाई पूरा गराउने गरी पार्टीको तर्फबाट मन्त्री चयन गरिएको पनि बैठकमा बताउनुभएको पार्टी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो । उहाँकाअनुसार प्रधानमन्त्री दाहालले सरकारले अघि बढाएका राम्रो कामको सन्देश जनतामा पुर्याउन पनि पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको थियो । 

प्रधानमन्त्री दाहालले बैठकमा बोल्नुभएको कुरालाई उद्धृत गर्दै प्रमुख सचेतक पाण्डेले भन्नुभयो, ‘सम्मानीय प्रधानमन्त्रीज्युले के भन्नुभयो भने हामीले सुशासन, समृद्धि र सामाजिक न्यायको जो अभियान शुरु गरेका छौं, यसलाई अगाडि बढाउनका लागि हामी अझ दृढताका साथ लैजानुपर्ने हुन्छ । र यो बारेमा २४ गते मैले जुनजुन विषयवस्तु सदनमा राखेँ । त्यो विषयवस्तुकै उहाँले यहाँ व्याख्या गर्नुभयो । सरकारको यो काम गरेर तल जनता समक्ष तपाईहरुले लैजानुपर्छ भन्नुभयो । अर्को सँगसँगै मन्त्रीमण्डलमा हाम्रो दलबाट सहभागी हुने जो माननीय सदस्यहरु हुनुभयो । त्यसका बारेमा पनि उहाँले के भन्नुभयो भने अहिलेको लागि हामीले सुशासन, समृद्धि र सामाजिक न्यायको जुन अभियान शुरु गरेका छौं । यसका लागि यो नै टीम सही हुन्छ भन्ने लागेर यसरी पुनर्गठन गरेको हो भनेर भन्नुभयो ।’
बैठकमा प्रधानमन्त्री दाहालले पार्टीको तर्फबाट सहभागी मन्त्रीहरुले सुशासन र समृद्धिको क्षेत्रमा राम्रो काम गर्ने विश्वास पनि व्यक्त गर्नुभएको माओवादी संसदीय दलको कार्यालयले जनाएको छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

६.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक