शताब्दी पुरुष डा.गौरीशंकरलाल दासलाई सरकारले सम्मान गर्नेछः कार्यवाहक प्रधानमन्त्री खड्का

author

समाचारपाटी

२ years अगाडि

कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले दिव्य शताब्दी पुरुष डा.गौरीशंकरलाल दासलाई सरकारले सम्मान गर्ने बताउनुभएको छ ।मंगलवार दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै उहाँले मुल परामर्श समितिसँग समन्वय गरी सम्मान गर्न मन्त्रीपरिषद्बाट आवश्यक निर्णय गरिने बताउनुभएको हो । सो कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले मन्त्रीपरिषद्बाट उहाँको सम्मानमा आवश्यक निर्णय गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले राज्यको तर्फबाट दिने सम्मनका बारेमा सम्बन्धित मन्त्रालयले प्रक्रिया अघि बढाएको बताउनु भयो । उहाँले निजी एवं पारिवारिक स्तरभन्दा माथि उठेर सामग्र समाज र देशलाई नै आफ्नो सेवाले अतुलनीय योगदान दिनुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उहाँको सम्मानमा सरकारको तर्फबाट आयोजक समितिसँग परामर्श गरी उहाँलाई राज्यको तर्फबाट दिने सम्मनका बारेमा सम्बन्धित मन्त्रालयका मन्त्रीज्युले प्रक्रिया अघि बढाएको कुरा भनिसक्नुभएको छ । त्यसलाई हामी मुल परामर्श समितिसँग समन्वय गरेर मन्त्रीपरिषद्को बैठकबाट आवश्यक निर्णय गर्ने पनि विश्वास दिलाउँछु । उहाँले निजी एवं पारिवारिक स्तरभन्दा माथि उठेर सामग्र समाज र देशलाई नै आफ्नो सेवाले अतुलनीय योगदान दिनुभएको छ ।’कार्यवाहक प्रधानमन्त्री खड्काले लोक कल्याणकारी कार्यमार्फत देश, जनता र समाजको हीतका लागि अमूल्य योगदान दिएका विशिष्ट व्यक्तिहरुको अभिनन्दन गरी यथोचित सम्मान गर्ने नेपाली समाजको मौलिक परम्परा र संस्कृति रहेको बताउनु भयो ।  


काठमाडौं

बिहिबार, जेष्ठ ९, २०८२

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन