पुम्दीकोटको विशाल शिव मूर्ति गण्डकी क्षेत्रकै आकर्षणः डिल्लीराज भट्ट

author

समाचारपाटी

१२ महिना अगाडि


पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पोखराको पुम्दीकोट स्थित विशाल शिव मूर्ति गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताउनुभएकाे छ ।

यहाँको प्रमुख पर्यटकीय आकर्षण बनिरहेको पुम्दीकोटमा आइतबार अवलोकन भ्रमण गर्दै प्रदेश प्रमुख भट्टले विशाल शिव मूर्ति आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दा पर्यटनलाई टेवा पुगेको उल्लेख गर्नुभयाे ।

उनले सरकारले पोखरालाई पर्यटनको राजधानी घोषणा गरिसकेको सन्दर्भमा यस्ता पर्यटकीय गन्तव्य महत्वपूर्ण रहेको पनि बताउनुभयाे । ‘विशाल मूर्तिले यहाँ पर्यटकको बसाइ लम्ब्याउनुका साथै धार्मिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनाउन सहयोगी बनेकोमा खुशी लागेको छ । मन्दिरसँगै बनेका अन्य संरचनाहरुले पनि पुम्दीकोटलाई थप आकर्षक बनाएको छ ।’ – प्रदेश प्रमुख भट्टले भन्नुभयाे ।

यसका परिकल्पनाकार तथा पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले छोटो समयमै पुम्दीकोटले धार्मिक पर्यटकीय गन्तव्य स्थलका रूपमा विशिष्ट पहिचान बनाएको बताउँदै थप आकर्षकीय संरचना निर्माणको चरणमा रहेको बताउनुभयाे ।

पोखरा महानगरपालिका वडा नं. २२ स्थित पुम्दीकोटमा निर्माण भएको ५२ फिट अग्लो शिव मूर्ति मुख्य आकर्षण रहँदा नजिकै सुमेरु पर्वत नामाकरण गरी पार्वती र कुमारको पनि मूर्ति स्थापना गरिएको छ ।

शिवको बृहत् चिनारीसहित १०८ शिवलिङ्ग, १०८ स्वर्गद्वारी सिँढी, गुरु महाराज आश्रम, हरियाली बगैँचा, शान्ति स्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, ध्यान केन्द्र, पार्किङस्थललगायतका संरचना अधिकांश निर्मण भइसकेका छन् ।

सरकारबाट प्राप्त २२ रोपनी क्षेत्रफलमा कूल २७ करोड लगानीमा निर्माण भएको संरचनामा ७ करोड सरकारी सहयोग र अन्य २० करोड महायज्ञ, संघसंस्था, व्यक्ति तथा भक्तजनबाट संकलन गरिएको अध्यक्ष बरालले बताउनुभयाे ।

निजी क्षेत्रबाट साहसिक खेलहरुसहित सुविधासम्पन्न ड्रिम सिटी पुम्दी पनि सञ्चालनमा आएको छ । जहाँ ३५ जनाले रोजगारी पाएको सञ्चालक राजु बराल बताउँनुहुन्छ ।

परिकल्पनाकार तथा अध्यक्ष बराल लगायत पदाधिकारीले प्रदेश प्रमुखसहित टोलीलाई स्वागत गर्दै भूमेश्वर महादेव मन्दिर, कैलाश पर्वत, सुमेरु पर्वतलगायत निर्मित संरचनाका बारेमा जानकारी गराएका थिए ।

पोखराको मुख्य बजारबाट आधा घण्टाकै समयमा पुग्न सकिने करिब १५ किलोमिटरको दूरीमा रहेको पुम्दीकोटबाट माछापुच्छ्रेसहित अन्नपूर्ण हिमशृङ्खला, फेवाताल, पोखरा बजारक्षेत्र लगायतका मनोरम दृश्य देख्न सकिन्छ ।


काठमाडौं

बुधबार, जेष्ठ १, २०८२

२०.७५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन