प्रतिनिधि सभाबाट सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत भएको छ ।
बुधवारको प्रतिनिधि सभान बैठकले अध्यादेश स्वीकृत गरेको हो । अध्यादेशमा विपक्षी दलहरुको तर्फबाट ७ जना सांसदहरुले अस्वीकृत गर्ने प्रश्ताव परेको थियो । तर प्रतिनिधि सभाको बहुमतले प्रश्ताव पारित गरेको हो । सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस भन्ने प्रश्ताव प्रश्तुत गर्नुभयो । प्रश्तावलाई बहुमत सांसदले स्वीकृत गरेको सभामुखले सभामा घोषणा गर्नुभयो ।
न्युज एजेन्सी नेपाल