सार्वजनिक सेवा प्रशारण विधेयक छलफल नै नगरी संसदमा पेस भयोः अध्यक्ष लक्ष्मण हुमागाईं

author

समाचारपाटी

२ years अगाडि


विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले सार्वजनिक सेवा प्रशारण विधेयक छलफल नै नगरी संसदमा पेस गरिएको भन्दै आपत्ति जनाउनुभएको छ । 

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सार्वजनिक सेवा प्रशारण विधेयक सरोकारवालाहरुसँग छलफल नै नगरी संसदमा पेस गरिएकोप्रति आपत्ति जनाउनुभएको हो । उहाँले सो विधेयक बिना संशोधन पारित भए अहिलेको भन्दा कमजोर संरचना बन्ने बताउनु भयो । उहाँले विधेयकमा सञ्चारमन्त्रीको अध्यक्षतामा कार्यकारी परिषद् र कार्यकारी प्रमुख मन्त्रीपरिषद्को बैठकबाट नियुक्ति गर्नेकुरा उल्लेख गरिएको तर त्यो राम्रो नभएको बताउनु भयो । उहाँले कानूनी स्वायत्तता प्रदान गर्न नसकेसम्म परिषद् राम्रोसँग सञ्चालन नहुने बताउनु भयो । उहाँले परिषदको अध्यक्ष प्रतिनिधि सभाको प्रमुख (सभामुख) हुने र  सञ्चारमन्त्री, सञ्चार हेर्ने संसदीय समितिको सभापति र राष्ट्रिय सभाको उपाध्यक्षसहितको कार्यकारी परिषद्को गठन हुनुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हामीले बनाएका प्रशारण ऐन, प्रशारण नियमावली, छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन यी सबै हेर्ने हो भने र सोसियल मिडियासम्बन्धी आउन लागेको ऐनलाई हेर्ने हो भने जनताको सूचना पाउने हकको रक्षा गर्ने व्यवस्था हाम्रो कुनैपनि कानूनले गरेन । त्यो दायित्व संविधानले राज्यलाई दिएको छ । त्यो दायित्व पूरा गर्न संसारभर निर्माण गरिने संरचना न सार्वजनिक प्रशारण संस्था हो । हामीले त्यो अवधारणालाई अर्थात जनताको सूचना प्राप्त गर्ने हकको रक्षाका लागि बनाउन खोजेको संस्था सार्वजनिक संस्था हो । अहिले पनि रेडियो नेपालले डकुमेण्टमा ९२ प्रतिशत जनतामा मेरो पहुँच छ भनेको छ, नेपाल टेलिभिजनले ७२ प्रतिशत भनेको छ । आज पनि रेडियो नेपालकै क्लेमलाई मान्ने हो भने ८ प्रतिशत जनतामा सूचना प्राप्त छैन । ती जनतालाई सूचना दिनुपर्ने राज्यको दायित्वबाट राज्य विमुख छ । त्यो सूचना पुर्याउन पीएसपी आवश्यक छ । यो सर्वव्यापी हुनुपर्छ । संसदमा अहिले पेस भएको विधेयकमा हाम्रो गुनासो के हो भने त्यो छलफल बिना गयो । त्यो विधेयक अहिलेको संरचना भन्दा पनि पोर संरचना बन्छ । यदी त्यो जस्ताको त्यस्तै पास हुने हो भने । त्यहाँ सञ्चारमन्त्रीको अध्यक्षतामा कार्यकारी परिषद्, एक्ज्युक्युटिभको नियुक्ति पनि क्याबिनेटबाट नै भनेको अहिलेकै परिपाटी हो । त्यो भएसम्म स्वतन्त्र बन्न सक्दैन । जबसम्म कानूनी स्वायत्तता प्रदान गर्न नसकेसम्म त्यो बेलासम्म राम्रोसँग काम हुँदैन । प्रतिनिधि सभाको प्रमुख (सभामुख) लाई यो कार्यकारी परिषद्को अध्यक्ष हुनु उपयुक्त पात्र हो । त्यसअन्तर्गत रहने सञ्चार हेर्ने संसदीय समितिको सभापति र जनप्रतिनिधिकै अर्को संस्था राष्ट्रिय सभाको उपाध्यक्षसहितको कार्यकरी परिषद्को गठन हुनुपर्छ ।’

अध्यक्ष हुमागाईंले जनताको सूचना पाउने हकको रक्षा गर्ने व्यवस्था कुनैपनि कानूनले नगरेको जिकिर गर्नुभयो ।


काठमाडौं

बुधबार, असार ४, २०८२

२२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः...

संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष...

सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः राजेन्द्र लिङदेन

बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेः सांसद प्रकाश ज्वाला

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन