fbpx

माओवादी केन्द्रले माग्यो सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा

author

समाचारपाटी

४ हप्ता अगाडि

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेको छ ।


सोमवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा माओवादी केन्द्रले सभापति पोखरेलको राजीनामा माग गरेको हो । सार्वजनिक लेखा समिति सरकारको चेक एण्ड ब्यालेन्स गर्ने निकाय भएकाले समिति सभापति प्रतिपक्षको हुनुपर्ने माग गरेको हो । समिति बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गर्नुभयो । सांसद मोदीले समिति भ्रष्टाचार,कुशासन र बेथितिको छायाँजस्तो देखिएको आरोप लगाउनु भयो । उहाँले समिति सभापति आफैँ र परिवारका सदस्यमा समेत धेरै नकारात्मक प्रश्नहरु उठेको भन्दै तत्काल सभापतिमा मार्गप्रशस्त गरिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ समिति सभापति प्रति केही प्रश्नहरु उठेका छन् । सभापतिलाई थाहा छ । प्रश्न तपाईको परिवारसँग पनि जोडिएको छ । सार्वजनिक लेखा समिति सभापति माथि प्रश्न उठेपछि सरकारलाई सुशासनमा राख्नुपर्ने वा सरकारलाई ब्यालेन्समा राख्नुपर्ने समिति सभापति माथि प्रश्न उठेपछि केही न केही बोल्नुपर्ने हुन्छ । जवाफ दिनुपर्छ । मैले धेरै पटक उठाएको छु । धेरै महिनापछि समिति बैठक बस्यौं । चेक एण्ड ब्यालेन्सको कुरा गर्दा सार्वजनिक लेखा समितिमा सरकार र प्रतिपक्षको विषय पनि छ । आफै सभापति र पार्टी सरकारमा रहेको छ । भ्रष्टाचार र बेथिति हुनुको छायाँ सार्वजनिक लेखासमिति हो भन्ने पनि भएको छ । यो बारेमा सभापति गम्भिर हुनुहुन्छ । सभापतिले मार्ग प्रशस्त गरिदिएको राम्रो । सभापति र परिवारमा पनि प्रश्न उठेको छ । सार्वजनिक लेखा समिति प्रतिपक्षलाई दिनुपर्छ । मार्ग प्रशस्त गरे राम्रो हो भन्ने पहिला देखि भन्दै आएका छौं । सार्वजनिक लेखा समितिले धेरै विषयहरु उठाउनुपर्ने छ ।’


उहाँले सरकारलाई चेक एण्ड ब्यालेन्स गर्ने समितिका सभापतिबिरुद्ध नै आर्थिक लेनदेनको कुरा उठेकाले मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीका बारेमा सभापति पोखरेल र परिवारमाथि पनि प्रश्न उठेकाले समितिमा सभापतिको जवाफ माग गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, माघ १०, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक