fbpx

युरोपेली च्याम्पियन्समा पीएसभीले लिभरपुललाई हरायो

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं । युरोपेली च्याम्पियन्स लिग फुटबलमा पीएसभीले लिभरपुललाई हराएको छ । गएराति भएको खेलमा १४ औं स्थानको पीएसभीले शीर्ष स्थानको लिभरपुललाई ३–२ गोलले हराएको हो ।

गएरातिका अरु खेलमा बार्यन म्युनिखले स्लोभान ब्राटिस्लाभालाई ३–१ ले हराउँदा शाख्तर डोनेत्स्क बोरुसिया डर्टमन्डसँग ३–१ ले पराजित भएको छ ।

यस्तै लेभेरकुसेनले स्पार्टा प्राहालाई २–० ले, आर्सनलले गिरोनालाई २–१ ले हराएका छन् । बार्सिलोना र एटलान्टाले भने २–२ गोलको बराबरी खेलेका छन् ।

यस्तै रियल मड्रिडले ब्रिस्टलाई ३–० ले पराजित गर्दा म्यानचेस्टर सिटीले क्लब ब्रुगलाई ३–१ ले हराएको छ । योङ्ग ब्वाइज क्रेभेना जेभेज्दासँग १–० ले पराजित भएको छ । लिले ओलम्पिक स्पोर्टिङ क्लबले फिएनोर्डलाई ६ –१ ले हराएको छ ।

यस्तै बेनिफिकाले युभेन्ट्सलाई २–० ले हराउँदा एस्टन भिलाले सेल्टिकलाई ४–२ गोल अन्तरले पराजित गरेको छ । यस्तै डिनामो जग्रेबले एसी मिलानलाई २–१ ले, इन्टर मिलानले मोनाकोलाई ३–० ले, एसके स्टुर्म ग्रजले आरबी लाइपजिङलाई १–० ले हराएका छन् ।

यस्तै एथ्लेटिको मड्रिडले आरबी साल्जबर्गलाई ४–१ ले पराजित गर्दा स्पोर्टिङ र बोलोग्नाले एक एक गोलको बराबरी खेलेका छन् ।

गएरातिको खेलमा पेरिस सेन्ट जर्मेइन ९पीएसजी० ले भने भीएफबी स्टुटगर्टलाई ४–१ ले हराएको छ । गएराति एकैचोटि १८ वटा खेल भएका हुन् ।

च्याम्पियन्स लिगमा लिभरपुल २१ अङ्कसहित शीर्ष स्थानमा छ । यस्तै बार्सिलोना १९ अङ्कसहित दोस्रो र आर्सनल १९ अङ्कसहित तेस्रो स्थानमा छन् ।


काठमाडौं

मङ्लबार, चैत्र ४, २०८१

२३.१५°

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआरमा अनेरास्ववियुले ताला लगायो, स्ववियु निर्वाचन स्थगित

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...