लुम्बिनीको प्रदेश सभामा १० दलको उपस्थिति हुने

author

समाचारपाटी

२ years अगाडि

लुम्बिनीको प्रदेश सभामा १० दलको उपस्थिति हुने भएको छ । २०७४ को पहिलो प्रदेश सभा निर्वाचनबाट प्रदेश सभामा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चा गरी ६ दल तथा हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहको उपस्थिति थियो ।

यसपटक प्रत्यक्षतर्फ नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राप्रपा र जनमत पार्टी गरी ८ दलले चुनाव जितेका छन् । प्रत्यक्षमा नजिते पनि समानुपातिकतर्फ नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले समेत कुल सदर मतको १।५ प्रतिशतको थ्रेसहोल्ड कटाएर एक एक सिट पाउने भएका छन् ।

नेकपा माओवादीबाट बागी उम्मेदवारी दिएर जितेका तीन जना सांसद स्वतन्त्र हैसियतमा छन् ।लुम्बिनी प्रदेशमा ३२ दलले चुनावमा भाग लिएका थिए । ३२ दलले प्राप्त गरेको १८ लाख ८७ हजार ७८ मत सदर भएकोमा १० वटा दलले १।५ प्रतिशत थ्रेसहोल्ड अर्थात २८ हजार ३०६ मत कटाएका छन् । लुम्बिनी प्रदेशसभामा समानुपातिक पद्धतिबाट ३५ सांसद चयन हुनेछन् । सबैभन्दा धेरै ५ लाख ७० हजार ९२१ मत पाएको नेकपा एमालेले ११ देखि १२ सिट पाउने अनुमान छ ।

४ लाख ९९ हजार ९८६ मत ल्याएको नेपाली कांग्रेसले ९ देखि १० सिट, १ लाख ९८ हजार ४५० मत पाएको माओवादी केन्द्रले ५ सिटसम्म पाउने अनुमान छ ।

१ लाख २७ हजार ४५२ मत पाएर चौथो दल बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीले २ सीट,१ लाख २५ हजार ५५१ मतसहित पांचौं ठूलो दल बनेको नागरिक उन्मुक्ति पार्टीले पनि २ सिट पाउनेछ । निर्वाचन आयोगको तथ्यांक अनुसार डा। सीके राउत नेतृत्वको जनमत पार्टीले ८१ हजार ६०५ मत पाएर छैठौं दल बन्दा समानुपातिकमा एक सिट पाउने छ । यस्तै ६० हजार ८८६ मत पाएको जनता समाजवादी पार्टीले पनि समानुपातिकमा एउटा सिट पाउने छ ।

४२ हजार ६२१ मत पाएको नेकपा एकीकृत समाजवादी, ३७ हजार ६३१ मत पाएको लोकतान्त्रिक समाजवादी पार्टी र ३२ हजार ६४७ मत पाएको राष्ट्रिय जनमोर्चाले पनि एक–एक सिट पाउने छन् ।

प्रदेश सभाको प्रत्यक्षतर्फ १८ सिट जितेर नेकपा एमाले नै पहिलो बनेको छ । कांग्रेसले १७, माओवादी केन्द्रले ५, राप्रपा, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टीले २–२ सिट, जनमत पार्टीले एक सिट र माओवादीका बागी (स्वतन्त्र) उम्मेदवारले तीन सिट जितेका छन् ।

समानुपातिक समेत दलहरुको सम्भावित सिट

नेकपा एमाले- ३०
नेपाली कांग्रेस -२६
नेकपा माओवादी- १०
राप्रपा-४
नागरिक उन्मुक्ति पार्टी- ४
जनमत पार्टी- २
जसपा- ३
लोसपा- ३
एकीकृत समाजवादी- १
राष्ट्रिय जनमोर्चा- १
स्वतन्त्र- ३

source:-onlinekhabar


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

२१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन