fbpx

भरतपोखरीको प्रादेशिक पुनर्स्थापना केन्द्र तत्काल संचालन गर्न आग्रह

author

समाचारपाटी

१ महिना अगाडि

पोखरा । लैङ्गिक हिंसा ब्यवस्थापन सल्लाहकार समिति कास्कीको बैठक आइतबार सम्पन्न भएको छ । बैठकले लैगिक हिंसा प्रभाबितहरूको लागि अल्पकालिन आवास गृह एवम प्रादेशिक पुनर्स्थापना केन्द्र तत्काल संचालन गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ।

पोखरा महानगरपालिका वडा न ३३ भरतपोखरीको आमा चौरमा प्रदेश सरकारको लगानिमा भवन निर्माण सम्पन्न भए पनि केन्द्र संचालनमा आउन नसकेको प्रती समितिको गम्भीर ध्यानाकर्षण भएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा उक्त समितिका संयोजक लिलाधर पौडेललेजिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा उक्त समितिका संयोजक लिलाधर पौडेलले बताउनुभयो।

प्रमुख पौडेलले आफ्नो कार्यकाल शुरु हुँदा देखि पटक पटक गण्डकी प्रदेश सरकारलाई ध्यानाकर्षण गराउदा समेत संचालनको प्रक्रिया अघि बढ्न नसकेको भन्दै बिगतका दुई आर्थिक बर्षमा केन्द्र संचालनका लागि भनेर बिनियोजित रकम फ्रीज हुनु दुखद भएको उल्लेख गर्नुभयो। बिकासका काममा देखिएका विभिन्न मतभेदको अन्त्य गर्न तदारुकता देखाउन नसक्नु चरम लापर्बाही भएको भन्दै राज्यको लगानी र सम्पति दुरुपयोग हुने काम तत्काल अन्त्य गर्न आग्रह गर्नुभयो।

 त्यसै गरि बैठकले आगामी आर्थिक बर्षमा एकद्वार संकट ब्यबस्थापन केन्द्रबाट सेवा लिएका सहित लैगिक हिंसा प्रभाबितहरूको लागि सबै स्थानिय तहले बजेट बिनियोजन गर्ने, अल्पकालिन आवास एबम पुनर्स्थापना केन्द्र स्थापना गर्ने निर्णय गरिएको प्रमुख पौडेलले जानकारी दिनुभयो।

 बैठकले स्थानिय तहले हिंसा प्रभावितहरूको लागि स्वास्थ्य बिमा कार्यक्रम संचालन र सुचारू गर्ने ,स्थानिय तह र एकद्वार संकट ब्यबस्थापन केन्द्र बिच समन्वय र सहकार्यलाइ थप बलियो बनाउने निर्णय गरेको कास्कीका जिल्ला समन्वय अधिकारी नवराज वरालले बताउनुभयो। माछापुच्छ्रे गाउपालिकाका उप -प्रमुख सीता अधिकारीले लैगिक हिंसा ब्यवस्थापनमा पालिकाले प्रतिबद्धताका साथ काम गरेको जानकारी दिदै थप मजबुत कार्यक्रम आउने बर्षमा समाबेस गर्ने उल्लेख गर्नुभयो।

 जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा उक्त समितिका संयोजक लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका उप प्रमुख सरिता माल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डाक्टर भरत खत्री ,अस्पतालमा आधारित एकद्वार संकट ब्यबस्थापन केन्द्रका फोकल पर्सन सजना ढुंगाना ,पालिकाका उप प्रमुखहरू सहितले आ- आफ्नो धारणा ब्यक्त गर्नुभएको थियो।


काठमाडौं

आइतवार, साउन ६, २०८१

२३.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिनमै गठन गरे २२...

प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत

‘कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो’

‘सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चर्चामा संगीतकार कस्तुप पन्तको ‘बिजुली चमक्क’

आर्जन पाण्डेले ल्याए आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’

गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा ‘तातो पानी...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल...