बालिका अधिकार संरक्षणमा सरोकारवालाको जोड

author

समाचारपाटी

२ years अगाडि

काठमाडौँ । दिनदिनै बढ्दै गईरहेको बालिका तथा किशोरीमाथि हुने हिंसा, दुव्यवहार, बलात्कार, एसिड आक्रमण, बाल विवाह, बालिकाहरूमाथि हुने विभेदप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । जागृति बाल तथा युवा सरोकार नेपालले आफ्नो १८ औँ साधारण सभाको अवसरमा आयोजित बालिका अधिकार संरक्षणमा सरोकारवालाको भूमिका विषयक छलफल कार्यक्रममा राष्ट्रिय महिला आयोगकी कार्यवहाक अध्यक्ष कृष्णाकुमारी खतिवडाले छोरीमाथि हुने सबै प्रकारका हिंसा विरुद्ध कानूनी संचेतना र दोशी उपर कार्वाहीका निम्ति लाग्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।

अधिवक्ता इन्दु तुलाधरले बालिकाहरुको शिक्षा, स्वास्थ्य र संरक्षणमा ध्यान पुर्‍याउन नसकेका कुरालाई जोड दिँदै तिनै तहका सरकार र निकायहरुमा लैङ्गिक मैत्री नीति, कार्यक्रम, बजेट र त्यसको कार्यान्वयनको शुनिश्चितता हुनुपर्ने र त्यस्ता कार्यक्रममा नागरिक संघसंस्था सञ्जालको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बम बहादुर बानियाँ, राष्ट्रिय योजना आयोगका डा. किरण रुपाखेती, राष्ट्रिय युवा परिषद्का उपसचिव चन्दा थापा, राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेल, सिविनका कार्यकारी निर्देशक सुम्निमा तुलाधर, देवचुली न.पा.का उपप्रमुख पार्वता तिवारीले सरकारले बालिका तथा किशोरीमा लगानी बढाउनु पर्ने, उनीहरुको संरक्षणमा थप ध्यान दिनुपर्ने, बालमैत्री, युवामैत्री, लैङ्गिकमैत्री अभियानलाई अघि बढाउने प्रतिवद्धता सहित जागृति बाल तथा युवा सरोकार नेपालले गरेका कार्यक्रम र उपलब्धिको प्रंशसा गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।

जागृति बाल तथा युवा सरोकार नेपालको इतिहास हालसम्मका उपलब्धिहरुको सार्वजनिक परीक्षण गराउँदै कार्यक्रममा संस्थाका कार्यक्रम, साझेदार संस्था, सञ्जालहरु, गतिविधि, कार्य गर्ने जिल्ला सहितका प्रस्तुतीकरण गराउँदै बालिका तथा किशोरी सूचना तथा स्रोत केन्द्र, बालमैत्री शासन प्रवद्र्धन, बाल श्रम, आधुनिक दासता, हिंसा, दुव्र्यवहारमा परेकाको उद्धार, बालिका सशक्तिकरण, विद्यालय पोषण कार्यक्रम, विद्यालय भवन निर्माण, कानूनी सहायता, युवामैत्री स्थानीय शासन, जिविकोपार्जन सहित गरेका कार्यहरु प्रस्तुतीकरण सहित सुमिक्षा खड्काले सुझाव माग्नु भएको थियो ।

बालिका तथा किशोरीहरुको संरक्षणका लागि योगदान पुर्‍याएको भन्दै अभियान्ता मुस्कान खातुनलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष तिलोत्तम पौडेलको अध्यक्षता गर्नु भएको थियो भने महासचिव दिपक शर्माले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा समाज कल्याण परिषद् सदस्य नारायण गिरी, युएनडिपिकी विनिता कार्की, गैरसरकारी संस्था महासंघका महासचिव अर्जुन भट्टराई सहित १५ वटा नागरिक सङ्गठन सञ्जाल, ८ वटा विकासका साझेदार संस्था, २५ वटा नागरिक सङ्गठन, किशोरी तथा किशोर सञ्जालका प्रतिनिधि, जन प्रतिनिधि सञ्चारकर्मी सहित १०० भन्दा बढिको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रतिनिधि सभाका सदस्यहरु माननीय कल्पना मिया, सोविता गौतम, विना लामा तथा बागमती प्रदेश सभा सदस्य, माननीय उर्मिला अर्यालको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा उहाँहरुले बालबालिका तथा किशोरीहरुको हकहित अधिकार संरक्षणको निम्ति ऐन कानून निर्माण, सुधार र कार्यान्वयनको निम्ति पहल, गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । उहाँहरुलाई संस्थाले “बालबालिका राष्ट्रिय गौरव हुन्” भन्ने अभियानलाई स्थापित गर्न आग्रह सहित सम्मान समेत गरिएको थियो भने यसै कार्यक्रमका बीचमा बालिका अधिकारका लागि राष्ट्रिय सञ्जालको सचिवालय स्वतन्त्रता अभियानलाई हस्तान्तरण गरिएको थियो ।

२०६१ सालमा स्थापित भएको बालक्लबका पूर्व सदस्यहरु अगुवाईमा स्थापित संस्थाको १८ औँ साधारण सभाले बालबालिका राष्ट्रिय गौरव हुन् भन्ने अभियानलाई स्थापित गर्ने, बालबालिका शिक्षा स्वास्थ्य संरक्षण, जिविको पार्जन, जोखिममा परेकाको उद्धार पुर्नस्थापना र कानूनी सहायतामा थप क्रियाशील हुने निर्णय गर्दै सम्पन्न भएको छ ।


काठमाडौं

शुक्रबार, जेष्ठ ३, २०८२

३०.०१°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान