fbpx

‘बालिका तथा किशोरी अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ’:- मुख्यमन्त्री खगराज अधिकारी

author

समाचारपाटी

१ year अगाडि

किशोरीहरुको सशक्तिकरण र विकासको लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री खगराज अधिकारीले बताउनुभएको छ । प्रदेशको कान्छो जिल्ला नवलपुरबाट ध्यानाकर्षण पत्र हस्तान्तरण गर्न पोखरा आएका किशोरीहरुसँग मुख्यमन्त्री कार्यालयमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सोमबार अधिकारीले सो धारणा व्यक्त गर्नुभएकाे हाे ।

नवलपुरमा जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालन स्विजरल्याण्डसँगको साझेदारीमा सञ्चालित किशोरी सशक्तिकरण कार्यक्रमका ४० जना किशोरीहरुले आफुहरुले काम गर्दा आएका विभिन्न विषयहरुलाई ध्यानाकर्षण गराउनको लागि पोखरा आएका हुन् ।

किशोरीहरुले मुख्यमन्त्रीलाई प्रदेश सरकारले बालिकाहरुको लागि गरिदिनुपर्ने कामहरुको बारेमा २५ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका हुन् । ध्यानाकर्षण पत्रमा विशेषगरी बालिकाहरुको लागि आवश्यक पर्ने विभिन्न विषयहरुको बारेमा स्वयम् किशोरीहरुले नै तयार गरेर हस्तान्तरण गरिएको किशोरी अभियन्ता सवनम सुनारले बताउनुभयो ।

ध्यानाकर्षण पत्रमा बालमैत्री, किशोरीमैत्री, अपाङ्गतामैत्री पूर्वाधारहरु र संरचनाहरुको निर्माण गरिनुपने, प्रदेश तहमा बन्ने हरेक समितिहरुमा बालिकाको मुद्दा हेर्ने विशेष उपसमिति बनाउनुपर्ने, विद्यालयहरुमा सेनिटरी प्याडको गुणस्तर र विसर्जन जस्ता विषयहरु समावेश गरिएको किशोरी अभियन्ता एवम जिल्ला बालक्लव सञ्जाल नवलपुरकी सचिव आशिका पोख्रेलले जानकारी दिनुभयो ।

बालिकाहरुको भ्रुणबाट नै असुरक्षित रहने र जन्मेपछी पनि विभिन्न बहानामा हिंसा, दुव्र्यवहार र शोषणमा पर्ने भएकोले यस्ता समस्या समाधानको लागि प्रदेश सरकारले नीतिगत व्यवस्था गर्दै स्थानीय तहसम्म कार्यान्वयनमा बालिकाहरुले जोड दिएका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री खगराज अधिकारीले सबैभन्दा पहिले बालिकाहरुले स्वयम् आफुलाई नै विश्वास गर्नुपर्ने बताउनुभयो । वर्तमान समयका किशोरकिशोरीहरु नै भविष्य भएकोले प्रदेश सरकारले यिनै बालबालिकाहरु र किशोरकिशोरीहरुको लागि नीतिगत व्यवस्थाहरु सुरु गरेको, पाठ्यक्रमबाट नै आत्म सुरक्षा र देशलाई माया गर्नुपर्दछ भन्ने भावना जागृत गराउने अभियानहरु समेत सुरु गर्न लागेको बताउनुभयो ।

साथै मुख्यमन्त्री अधिकारीले देश निर्माणको लागि र सामाजिक न्यायको लागि अहिलेका किशोरकिशोरीहरुले देशमा नै बसेर कामहरु गर्नुपर्ने र रचनात्मक हुन समेत सुझाव दिनुभयो । साथै किशोरीहरुले प्रस्तुत गरेका मागहरुलाई आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने गरी योजना निर्माण गर्ने समेत प्रतिबद्धता जाहेर गर्नुभयो ।

हस्तान्तरण समारोहमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य पद्मा जिसीले किशोरीहरुका मागहरु र सवालहरु वर्तमान समयमा समय सापेक्ष रहेकोले प्रदेश संसद भित्र र बाहिर निरन्तर खबरदारी र वकालत गरेर समस्याहरुको समाधान गर्ने र नीतिगत व्यवस्थाहरुको निर्माणमा लाग्ने प्रतिबद्धता समेत जाहेर गर्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण संस्थाका अध्यक्ष तिलोत्तम पौडेलले गर्नुभएको थियो भने किशोरी अभियन्ताहरु रेजिना घर्तीमगर र मान्सु न्यौपानेले समेत कार्यक्रममा स्थानीय तहमा रहेका किशोरीका सवालाहरुलाई प्रस्तुत गर्नुभएकाे थियाे ।


काठमाडौं

बिहिबार, जेष्ठ १७, २०८१

२२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेकोमा विरोध गर्दै प्रधानमन्त्रीलाई सम्पादकहरूको...

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन