fbpx

‘नेपाली फुटबल खेलाडीहरुलाई प्रशिक्षणका लागि स्पेन लैजान्छु’:- प्रश्तावित राजदुत सनिल नेपाल

author

समाचारपाटी

२ महिना अगाडि

स्पेन अधिराज्यका लागि प्रस्तावित राजदुत सनिल नेपालले आफू राजदुत नियुक्त भए नेपाली फुटबल खेलाडीहरुलाई प्रशिक्षणका लागि स्पेन लैजाने बताउनुभएको छ ।

बिहीवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै प्रश्तावित राजदुत नेपालले स्पेनमा विश्वकै चर्चित फुटबल क्लवहरु रहेको उल्लेख गर्दै विभिन्न क्लवहरुसँग सहकार्य गरेर नेपालको फुटवल विकास गर्न लागि पर्ने बताउनु भयो । उहाँले नेपाली खेलाडीहरुलाई प्रशिक्षणका लागि स्पेन लैजाने र स्पेनका खेलाडीहरुलाई पनि नेपाल ल्याउने बताउनु भयो । उहाँले खेल पर्यटनको सम्भावनाको खोजी गर्ने बताउनु भयो । उहाँले विश्वविद्यालयहरु र नेपाली संघसंस्थाको समन्वयमा स्पेनबाट नेपालमा स्वयंसेवी पर्यटक भित्राउने पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘संसारकै चर्चित फुटबल क्लवहरु रियल क्याड्रिड र बार्सिलोना जस्ता फुटबल क्लवहरु रहेको देश हो स्पेन । स्पेनमा साना ठूला गरी २० हजार भन्दा बढी फुटबल क्लव रहेको र करिव १० लाख रजिष्ट्रर खेलाडीहरु रहेका छन् । विभिन्न क्लवहरु सँगको सहकार्यमा नेपालको फुटबल विकासका लागि नेपाली खेलाडीहरुलाई प्रशिक्षणका लागि स्पेन लैजाने र त्यहाँका खेलाडीहरुलाई नेपाल ल्याउने लगायतका खेल पर्यटनको सम्भावनाको खोजी गर्ने । विश्वविद्यालयहरु र नेपाली संघसंस्थाको समन्वयमा स्पेनबाट नेपालमा स्वयंसेवी पर्यटक भित्र्याउने । वैदेशिक रोजगारीका दृष्टिले स्पेन नेपालीहरुका लागि नयाँ गन्तव्य बनिरहेको छ । वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित र मर्यादित गराउन स्पेन सरकारसँग श्रम सम्झौताका लागि पहल गर्ने । श्रम स्वीकृति नलिई स्पेन गएकाहरुलाई श्रम स्वीकृतिका लागि सहजीकरण गरिदिने ।’

प्रश्तावित राजदुत नेपालले स्पेन वैदेशिक रोजगारीका दृष्टिले नेपालीहरुका लागि नयाँ गन्तव्य बनिरहेको भन्दै स्पेन सरकारसँग श्रम सम्झौताका लागि पहल गर्ने बताउनु भयो । उहाँले श्रम स्वीकृति नलिई स्पेन गएकाहरुलाई श्रम स्वीकृतिका लागि सहजीकरण गरिदिने पनि बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, कार्तिक २५, २०८१

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई आज अदालतमा उपस्थित गराइँदै, पोखरामा रास्वपाले प्रदर्शन गर्ने

के कारणले विश्वकै शक्तिशाली कुर्सीमा फर्किन सफल भए त...

प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरो, केही दिन आराम गर्न चिकित्सकको...

अमेरिकी राष्ट्रपति चुनावको मतदानमा ट्रम्प अगाडि

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन