माडी र तिलोत्तमा नगरपालिकाका युवाहरूले विपद्, जोखिम, सरसफाइ, वातावरण संरक्षण, जलवायुको असरबाट मानवलाई जोगाउन, युवामैत्री, वातावरणमैत्री शासन प्रवर्द्धन गर्ने निकायमा युवाहरूको नीतिगत, संस्थागत सहभागिताको शुनिश्चित गर्न अपिल गरेका छन् ।
तिलोत्तमा नगरपालिका, रुपन्देहीमा ५,६ र ७ तथा माडीमा ८,९ र १० मंसिर २०८१ मा सम्पन्न जलवायु शासनमा युवा सहभागिता प्रवद्र्धन कार्यक्रमका सहभागीहरूले उक्तकुरा बताएका हुन् । यु।एन।डि।पि।सँगको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपाल र नगरपालिकाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । ५० प्रतिशत युवा (१८ देखि ३० वर्ष उमेर समूहका) महिला सहभागिता, आदिवासी, जनजाति, दलित, अपाङ्गता सहितको सहभागितामा २र२ दिन दुईवटा पालिकालाई छुट्टाछुट्टै तिलोत्तमा नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७स माडी नगरपालिकाको सरसफाइ कार्यविधि, २०७६स माडी नगरपालिकाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको ऐन, २०७५ माथि युवाका दृष्टिकोणबाट हेरिएको थियो ।
यस कानूनी दस्तावेजमा समावेशी, लैङ्गिक, अपाङ्गता र युवाको सहभागिता, परिचालनको अवस्थाको बारेमा समूहगत छलफलका साथै वातावरण संरक्षण र जलवायु शासन, युवामैत्रीको विषयमा गरिने पैरवीको सन्दर्भमा इन्जिनीयर युवराज पन्थी, उपप्राध्यापक डा.दिपेश घिमिरे, अधिकारकर्मी तिलोत्तम पौडेल, विनिता कार्की, रिता थापा, शिवप्रसाद सुवेदी लगायतले सहजीकरण गर्नुभएको थियो । छलफलबाट प्राप्त सुझावहरू विशेषतः युवाहरूले नीति निर्माण तथा विद्यमान कानुनी व्यवस्थाको कार्यान्वयनमा युवा, अपाङ्गता भएका व्यक्तिहरू सहित महिला सहभागिता सुनिश्चित गरिने गरी स्थानीय कानुन, कार्यविधिहरू संसोधनको लागि तिलोत्तमा नगरपालिकामा नगर प्रमुख रामकृष्ण खाड, उपप्रमुख जागेश्वर देवी चौधरी, सामाजिक विकास समितिका संयोजक रवी सेन्चुरी र त्यसै गरी माडी नगरपालिकामा नगरप्रमुख तारा कुमारी काजी महतो, उपप्रमुख खेम प्रसाद महतो, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, सामाजिक विकास समिति संयोजक दिपेन्द्र राज पौडेललाई युवाहरूले हस्तान्तरण गरेका थिए ।
२र२ दिने कार्यक्रमको सन्दर्भमा जलवायु शासन प्रवद्र्धन गर्न युवा सहभागिता र समावेशीकरणको लागि स्थानीय तहसँग सहकार्य गर्न माडीमा १३ सदस्यीय र तिलोत्तमा नगरपालिकामा ९ सदस्यीय युवा सल्लाहकार समिति गठन गरिएको कुरा जागृति बाल तथा युवा सरोकार नेपालकी रिता थापाले बताउनु भएको छ ।
नीतिगत रूपमा छलफलको निष्कर्षलाई ग्रहण गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख खाँडले र माडी नगरपालिकाका प्रमुख महतो सहितका अतिथिहरूले नेपालको कानुन, स्थानीय तह अधिकार क्षेत्र, उपलब्ध स्रोत साधन अनुरुप युवाहरू उठाएको कुरालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सहभागीहरूले जलवायु शासनमा युवा संलग्नता वृद्धि गर्न, युवामा लगानी गर्न, युवामैत्री, अपाङ्गतामैत्री, बालमैत्री, वातावरणमैत्री जस्ता शासन अभियानको प्रवर्द्धन गर्न स्थानीय तहले लगानी बढाउनु पर्ने भन्दै आयोजकलाई धन्यवाद व्यक्त गरेका थिए ।