fbpx

‘संघ र प्रदेशसँग समन्वय नहुँदा वनका समस्या समयमा समाधान हुन सकेनन्’

author

समाचारपाटी

४ हप्ता अगाडि

संघ र प्रदेश सरकारबीच वनसँग सम्बन्धी कार्यालयहरुको सम्पर्क टुट्दा राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयनमा वनक्षेत्रका समस्या समाधानमा असहजता आएको सरोकारवाला निकायहरुले बताएका छन् ।


सोमवार राष्ट्रिय सभा अन्तरर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयनमा वनक्षेत्र र राष्ट्रिय निकुञ्जसँग सम्बन्धित समस्याका विषयमा भएको छलफलमा वन मन्त्रालयले यस्तो बताएको हो । वन क्षेत्रभित्र पर्ने राष्ट्रिय गौरवका आयोजनाहरुले जग्गा प्रयोग र रुख कटान लगायतका समस्या समाधान संघ सरकारले गर्न नसक्ने अवस्था रहेको सरकारले जनाएको छ । मुलुक संघीयतामा गएसँगै डिभिजन वन कार्यालयहरु संघ सरकार मातहतमा नभएर प्रदेश सरकार मातहत रहेको वन तथा वातावरण मन्त्रालयका सचिव डा.दीपक खरालले बताउनु भयो । उहाँले वन र डिभिजन वन कार्यालयहरु प्रदेश सरकार मातहतमा रहेकाले समन्वय,सहकार्य र निर्देशन दिन नसक्ने अवस्थाका कारण वनका समस्या समाधान हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले वन क्षेत्रको व्यवस्थापन गर्ने जिम्मेवारी प्रदेश सरकार मातहतमा गएको भन्दै प्रदेश सरकारको वन क्षेत्र हेर्ने मन्त्रालय र मन्त्रालय मातहतका वन डिभिजन कार्यालयहरुले वन व्यवस्थापनको जिम्मा रहेको बताउनु भयो। उहाँले केन्द्रमा वन मन्त्रालय र विभाग मात्रै रहेकाले वनलाई निर्देशन दिने अधिकार संघलाई नभएको बताउनु भयो । उहाँले राष्ट्रिय निकुञ्ज संघ मातहत भएकाले समस्या नभएको भन्दै वनको टिएफओहरु संघ मातहत जिम्मेवार रहने अवस्था हुँदा चाँडो काम गर्न सकिने अवस्था रहेको उल्लेख गर्नुभयो । उहाँले संघले प्रदेश वन कार्यालयहरुलाई अनुरोध गरे पनि समयमा काम नगर्ने अवस्था रहेकाले वन मन्त्रालयले गाली खाइरहनुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले संघ र प्रदेशबीचका निकायहरुसँग समन्वय नहुँदा पनि समस्या भइरहेको बताउनु भयो । उहाँले स्रोत साधन र जनशक्ति क्षमता कमजोर हुँदा काम गर्न नसकिएको बताउनु भयो । उहाँले वन मन्त्रालयले सरकारी आयोजनाहरुलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनु भयो । उहाँले प्रदेशसँग संघ सरकारका वन मन्त्रालय अन्तर्गतका निकायहरुको सम्पर्क बिन्दु टुटेको कारणले गर्दा समयमा वनका समस्या समाधान गर्न नसकेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ वन क्षेत्रको व्यवस्थापन गर्ने जिम्मेवारी प्रदेश सरकार मातहतमा गएको छ । प्रदेश सरकारको वन क्षेत्र हेर्ने मन्त्रालय र मन्त्रालय मातहतका वन डिभिजन कार्यालयहरुले वन व्यवस्थापनको जिम्मा लिएका छन् । केन्द्रमा वन मन्त्रालय र विभाग मात्रै रहेको तर कर्मचारी र अधिकारी छैन । प्रदेशका कर्मचारीहरुले काम नगरेसम्म वन मन्त्रालयले केही गर्नसक्ने अवस्था छैन । राष्ट्रिय निकुञ्ज संघ मातहत भएकाले समस्या छैन । वनको टिएफओहरु संघ मातहत जिम्मेवार रहने अवस्था हुँदा चाँडो काम गर्न सकिने थियो । संघले प्रदेशलाई अनुरोध गर्ने हो उहाँहरु ६ महिनापछि फिल्ड भिजिट गर्ने गर्नुहुन्छ । एआईए गरेर ल्याएका प्रतिवेदन र फिल्डमा गएर वनका कर्मचारीले रुख गणना गर्दा फरक पर्ने गरेको छ । फरक परेपछि पूरक एआईए गर्नुपर्ने हुन्छ । संघ र प्रदेशबीचका निकायहरुसँग समन्वय नहुँदा पनि समस्या भइरहेको छ । स्रोत साधन र जनशक्ति क्षमता कमजोर हुँदा काम गर्न सकिएको छैन । तर सरकारी आयोजनाहरुलाई प्राथमिकता दिएका छौं । प्रदेशसँग संघ सरकारका वन मन्त्रालय अन्तरगतका निकायहरुको सम्पर्क बिन्दु टुटेको कारणले गर्दा समयमा वनका समस्या समाधान गर्न नसकेको अवस्था छ । वन डिभिजन वा वन कार्यालयको टिएफओ संघ सरकारको मातहतमा काम गर्ने बनाउनसके वनका समस्या समाधान गर्न सहज हुने थियो ।’


राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले अन्य सरकारी निकायहरुले विकास निर्माणका आयोजनाहरु निर्माणमा राम्रो काम गरेको तर वन र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणले काम गर्न नदिएको भन्ने भाष्य गलत भएको बताउनु भयो । उहाँले खानेपानी,मालपोत कार्यालयहरुमा समेत व्यापक समस्या रहेको औंल्याउँदै वनसँग सम्बन्धित निकायहरुले मात्रै समस्या सिर्जना नगरेको बताउनु भयो । 


बैठकमा अधिकांश सांसदहरुले राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयनमा वनक्षेत्रका समस्या समाधान गर्न मन्त्रालय लाग्नु पर्नेमा जोड दिएका छन् । सांसदहरुले राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयनमा कुनै पनि निकायहरुले अवराध खडा गर्नु नहुने उल्लेख गरेका छन् ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, माघ ६, २०८१

२१.५५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन