प्रोफेसर डा. अर्जुनदेव भट्टका चार कृति एकसाथ विमोचन

author

समाचारपाटी

१ year अगाडि

प्रोफेसर डा. अर्जुनदेव भट्टका चार कृति एकसाथ विमोचन भएका छन् । शनिवार काठमाडौंमा एक कार्यक्रमबीच वरिष्ठ न्युरोलोजिस्ट प्रा.डा. भट्टका कृतिहरु मेरी आमा, समय यात्रा, युद्ध बिना युद्ध र रुपान्तरण सार्वजनिक भएका हनु् । विमोचन समारोहमा बोल्दै वरिष्ठ साहित्यकार देवी नेपालले पुस्तकहरु सर्वसाधारणले बुझ्नेगरी लेखिएको बताउनु भयो । उहाँले कृतिहरु वर्षौंवर्षसम्म रहीरहने सम्पती रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हामीले बौद्धिक व्यक्तित्वहरुको कुरा गर्छौं तर आजको पुस्ताले चिन्दै चिन्दैन । तर आजको पुस्ताले पनि भानुभक्त चिन्छ, देवकोटा चिन्छ । अर्जुन भट्टजीले भौतिक सम्पती बनाउनुभएको भए नसक्ने हो त उहाँ ? सम्पती त छोराछोरीका नाममा सर्छन् तर कृतिहरु उहाँकै नाममा सयौँ वर्षपछि पनि प्रकाशित हुन्छन् । यो सम्पती हो । पाण्डित्य प्रदर्शन, डाक्टरी बौद्धिकताको प्रदर्शन छैन । सर्वसाधारणले बुझ्नेगरी गम्भीर कुरा प्रदान गर्नुभएको छ ।’

कार्यक्रममा बोल्दै पुस्तक समालोचक डा.पुष्कार भट्टले पुस्तकमा पश्चिम नेपालको एउटा कुप्रथालाई देखाउन सफल भएको बताउनु भयो । उहाँले सामाजिक चेतना, स्वाभिमान यात्रालाई प्रश्तुत गरिएको छ । नागरिक नै बन्न नपाएको, विदेशीले अपहेलित गरेको, वैदेशिक रोजगारका समस्याहरु पनि देखाएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘सामाजिक रुपान्तरण कुराहरु, भाषणका हिसावले लामा लामा कुराहरु आएका छन्, तर यसमा सबैले बुझ्ने गरी आएको भए राम्रो हुन्थ्यो । पुस्तकमा पश्चिम नेपालको एउटा कुप्रथालाई देखाउन सफल भएको छ । यसले सामाजिक चेतना, स्वाभिमान यात्रालाई प्रश्तुत गरिएको छ । नागरिक नै बन्न नपाएको, विदेशीले अपहेलित गरेको, वैदेशिक रोजगारका समस्याहरु पनि देखाएको छ । मानवीय समवेदनका कुरा पनि देखाएको छ ।’ 

कार्यक्रममा पूर्वमन्त्री गणेश शाह, समालोचक पुरुसोत्तम दाहालले नेपाली समाज बिस्तारै अल्छि बनिरहेको बताउनु भयो । उहाँहरुले कितावहरुमा कारुणिक किसिमको कथावस्तु रहेको बताउनु भयो । 


कार्यक्रममा लेखक भट्टले जीवन एउटा संघर्ष भएको र कर्म सुख शान्तिको आधार भएको भन्दै कितावको मूल्यांकन पाठकलाई छोड्ने बताउनु भयो । शनिवार चार कृतिहरु एकसाथ विमोचन भएका हुन् ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, जेष्ठ १, २०८२

२१.५२°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन