fbpx

पोखरामा व्यवसायीक खेलकुदको अर्को रौनक, पौष १० गते देखि थाई–बक्सिङ हुँदै

author

समाचारपाटी

१ महिना अगाडि

पोखरा । व्यवसायीक खेलकुदमा विश्वमानै आकर्षक खेल मध्येको ‘कन्टेन्डर सिरिज–२’ थाई–बक्सिङ यहि पौष १० गते देखि पोखरामा सुरू हुने भएको छ । शक–यान मुवाँथाई क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा उक्त प्रतियोगिता यहि पौष १० गते देखि १२ गते सम्म हुने भएको हो ।

खेलकुद मार्फत व्यवसायिक खेलकुदको विकास संगै खेल पर्यटन प्रवद्र्धनका लागि आयोजित प्रतियोगिता पोखराको मुख्य आकर्षणको केन्द्र लेकसाइडस्थित बाराही घाट खेल मैदानमा हुनेछ । प्रतियोगितामा विभिन्न ५ प्रदेशका ८४ जना फाइटरहरुको सहभागिता हुने भएको आयोजक तयारी समितिका संयोजक एवं प्रदेश खेलकुद परिषदका सदस्य खगेन्द्र क्षेत्रीले जनाएका छन् । प्रतियोगितामा कोशी, मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका महिला र पुरुष गरी कुल ८४ जना खेलाडीहरु पोखरा आउने तयारीमा जुटिसकेको संयोजक क्षेत्रीले बताउनुभयाे । उहाँका अनुसार प्रतियोगितामा जुनियर÷सिनियर (एमेच्योर
÷प्रोफेशनल) तर्फ कुल ४२ फाइट तय गरिएको छ । प्रतियोगिताको मुख्य आकर्षणको रुपमा रहेको पुरुष प्रोफेशनलतर्फ मुख्य फाइटको बिजेताले नगद ५० हजार र उपविजेताले नगद रु २० हजार तथा महिलातर्फको बिजेताले नगद रु ३० हजार र उपविजेताले नगद १५ हजार प्राप्त गर्नेछन् ।

त्यस्तै विभिन्न महिला र पुरुषतर्फ ८÷८ फाइटका बिजेताले नगद रु १५ हजार र उपविजेताले नगद १० हजारका साथमा मेडल तथा प्रमाणपत्र पाउनेछन् भने पुरुषतर्फ कोमेन इभेन्टका बिजेताले नगद रु २५ र उपबिजेताले १५ हजार प्राप्त गर्ने आयोजक शकयान मुआथाई क्लबले जनाएको छ । यसै गरी पोखरा भन्दा बाहिरबाट आउने खेलाडीहरुलाई विशेष आकर्षक गिफ्ट ह्याम्पर समेत प्रदान गरिने संगै आवाशको सुविधा समेत दिइने आयोजकले जनाएको छ भने तीन जना इर्मजिङ खेलाडीहरुलाई नगदसहित सम्मान गरिने छ ।

खेलस्थल बाराही घाटमा तय भएको प्रतियोगिता स्थलमा खेल संगै विभिन्न फुड स्टलहरु, फन गेम्स, निशुल्क फेस पेन्टिङको सुविधा समेत रहने छ । नेपाल राष्ट्रिय मुवाँथाई संघ र गण्डकी प्रदेश मुवाँथाई संघको स्विकृती एवं प्राविधिक सहयोगमा हुने उक्त प्रतियोगिताको सञ्चालन चर्चित होस्ट रेमनदाश श्रेष्ठ र यकिन गुरुङले गर्नेछन् । प्रतियोगिता बिहान ११ बजेबाट सुरू भई राती ९ बजे सम्म हुने गरी तय भएको छ । प्रतियोगिता सम्पन्न गर्न २५ लाख खर्च हुने आयोजकले जनाएको छ ।


काठमाडौं

बिहिबार, माघ १०, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक