कानमा हेडफोन लगाइराख्दाका हुने समस्या र बच्ने उपाय

author

समाचारपाटी

२ years अगाडि

काठमाडौ । प्रविधिले मानिसलाई धेरै सजिलो बनाइदिएको छ । हामी दिनभर कुनै न कुनै उपकरण चलाइरहेका हुन्छौं । स्कूल, कलेज, अफिस होस् वा घर जहाँ पनि प्रविधि नभइ नहुने जस्तो भइसकेको छ ।

हामी कामका लागि मात्र नभएर मनोरञ्जनका लागि पनि विभिन्न उपकरण प्रयोग गरिरहन्छौं । विशेषगरी स्कूल कलेजका बच्चा धेरै मोबाइल तथा कानमा इयरफोन तथा हेडफोन प्रयोग गर्दछन् ।

संगीत सुन्न होस् वा गेम खेल्न वा अन्य केही कामका लागि पनि हामी बाहिरको हल्लाबाट बच्न तथा राम्रो आवाज सुन्नका लागि हेडफोन वा इयरफोनको प्रयोग गर्छौं । जसले कान तथा अन्य अंगमा पनि विभिन्न समस्याहरु निम्तिन सक्छन् ।

आउनुहोस् अब जानौं यसका नोक्सान तथा यसबाट बच्ने उपायहरुका बारेमा ।

हेडफोन लगाउँदा हुने समस्या
१ कानमा दुखाई

धेरै लामो समय हेडफोन लगाइरहँदा कान दुख्ने समस्या हुन्छ । लामो समय कानमा हेडफोन तथा इयरफोन लगाएर सुनिरहँदा सुस्त सुस्त कानमा विभिन्न समस्या देखिन थाल्छन् । धेरै चर्को आवाज बनाएर सुनिरहँदा कान नसुन्ने जस्तो समस्या पनि देखिन सक्छ । यसले मानसिक स्वास्थ्यमा पनि गलत असर गर्दछ ।

२ दिमागमा गलत असर

इयरफोनबाट इलेक्ट्रोम्याग्नेटिक किरणहरु निस्कन्छन् जसले तपाईंको कानलाई नोक्सान गर्नुका साथै दिमागमा पनि गलत असर गर्न सक्छ ।

३ कानमा संक्रमणको समस्या

प्रायः हामी घरमा होस् वा साथीभाईबीच इयरफोन साटेर वा मागेर प्रयोग गर्ने गर्दछौं । जसले गर्दा अन्य संक्रमण तपाईंको कानमा सर्ने सम्भावना हुन्छ । यसरी पनि कानमा संक्रमणको खतरा बढेर जान्छ ।

४ बहिरोपन

एक अध्ययनका अनुसार यदि कोही दिनमा दुई घण्टा भन्दा धेरै समय इयरफोनको प्रयोग गर्छ वा चर्को आवाजमा सुन्ने गर्दछ भने बहिरोपनको समस्या देखिन सक्छ । हाम्रो कानले सुन्ने क्षमता ९० डेसिबल मात्र हुन्छ जो लगातार गीत सुन्दा समयसँगै ४० देखि ५० डेसिबलसम्म कम हुँदै जान्छ । त्यसकारण कतिपय अवस्थामा मानिस बहिरोपनको सिकार पनि हुन सक्छ ।

कानलाई यसरी सुरक्षित राख्नुहोस्

१ लामो समयसम्म इयरफोनको प्रयोग गर्नबाट बच्नुहोस् ।

२ हेडफोनको प्रयोग गर्दा आवाज अलि सानो बनाएर सुन्ने कोसिस गर्नुहोस् । धेरै चर्को आवाजमा सुन्नबाट बच्नुहोस् ।
जो कोहीसँग हेडफोन वा इयरफोन साट्ने वा जस्को पनि आफूले प्रयोग गर्ने नगर्नुस् । यदि प्रयोग गर्नै परेमा डिभाइस पुछ्ने स्प्रेले सफा गरेर मात्र प्रयोग गर्नुहोस् ।

४ इयरफोनलाई कानको एकदमै भित्री भागसम्म छिराएर नसुन्नुहोस् । अलिकति बाहिरी भागमै त्यसलाई अट्काउने प्रयास गर्नुपर्छ ।

५ एकदमै सस्तो तथा कम गुणस्तरको इयरफोन प्रयोग गर्नुहुँदैन । सकेसम्म अलि राम्रो र चलेको कम्पनीको इयरफोन नै प्रयोग गर्नुहोस् ।

६ पुरै दिनभरी इयरफोन लगाउनबाट बच्नुहोस् । दिनमा २, ३ घण्टा भन्दा धेरै इयरफोनको प्रयोग गर्नबाट बच्नुहोस् ।


काठमाडौं

बिहिबार, साउन २, २०८२

२२.१°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन