बीबीसीको १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा परिन् प्रियंका चोपडा

author

समाचारपाटी

२ महिना अगाडि

बीबीसीले सन् २०२२ का लागि विश्वभरिबाट १०० जना प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ।

जसमा विश्व सङ्गीतकी चर्चित व्यक्तित्व बिली आयलिस, युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्का, अभिनेत्री प्रियङ्का चोपडा र सेल्मा ब्लेअर, रुसी पप गायिका अला पुगाचेभा, इरानी आरोही इल्नाज रेकाबी, कीर्तिमानी ट्रीपल जम्प खेलाडी युलिमार रोहास र घानाकी लेखिका नाना डार्कोका सेकिआमाह आदि छन्।

बीबीसीले हरेक वर्ष विश्वभरका तल्लो तहका मुद्दाहरूमा काम गर्ने महिला स्वयंसेवकहरूबाट विश्वका महिला नेताहरूको कथा र उपलब्धी संसारसामु ल्याउँछ। सन् २०१२ मा दिल्ली सामूहिक बलात्कारपछि महिलासँग सम्बन्धित समाचार सञ्चारमाध्यममा प्रचारप्रसार गर्न ‘१०० महिला’ कार्यक्रम सुरु गरेको थियो ।

यो कार्यक्रम अहिले दशौं वर्षमा पुगेको छ । यस वर्षको कार्यक्रमको नारा ‘प्रगति’ रहेको छ । यो सिजनले पछिल्लो दशकमा आएका परिवर्तनहरूलाई हेर्नेछ।

यस वर्ष ‘१०० महिला’ अन्तर्गत बीबीसीको टिभी, रेडियो, आइप्लेयर र वेबसाइटलगायत अन्य माध्यमबाट विशेष कार्यक्रम प्रसारण गरिने भएको छ ।

यस पटक अमेरिकी गायक बिली इलिशसँगै भारतीय अभिनेत्री प्रियंका चोपडा, अपाङ्गता अधिकार अधिवक्ता सेल्मा ब्लेयर र हलिउड आइकन रिटा मोरेनाको अन्तर्वार्ता पनि प्रसारण हुनेछ।

यी अन्तर्वार्ताहरू बीबीसी आइप्लेयर, बीबीसी वर्लड न्युज र बीबीसी.सिओ.युकेमा प्रशारण गरिन्छ। यस सिजनमा महिलाको प्रजनन अधिकार उल्लङ्घनसँग सम्बन्धित वृत्तचित्र पनि प्रशारण हुनेछन् ।

बीबीसीका महानिर्देशक टिम डेभीले भने, ”यो वर्ष बीबीसीको १०० महिलाको सूचीमा परेका महिला उत्कृष्ट छन् । उनीहरुले आफ्नो कामबाट समुदाय र समाजमा योगदान पुर्‍याएका छन् । मलाई गर्व छ कि बीबीसीले यी महिलाहरूलाई अगाडि ल्याउन र हाम्रो प्रथम श्रेणीको पत्रकारिता र कथा कथन प्रयोग गरेर उनीहरूका कथाहरू विश्वभर फैलाउन महत्त्वपूर्ण काम गरिरहेको छ।”

बलिवुडकी सर्वाधिक चर्चितमध्येकी एक अभिनेत्री प्रियङ्का चोपडाले ६० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छन्। सन् २००२ मा चलचित्र क्षेत्रमा प्रवेश गरेकी उनी पूर्वमिस वर्ल्ड समेत हुन्। सन् २०१५ मा प्रदर्शनमा आएको अमेरिकन नेटवर्क ड्रामा सिरिज ‘क्वान्टिको’मार्फत्‌ उनले हलिवुडमा प्रमुख भूमिका निर्वाह गर्ने पहिलो दक्षिण एशियाली अभिनेत्रीकी रूपमा इतिहास रचिन्।

उनले हलिवुडकै इजन्ट इट रोमान्टिक र द म्याट्रिक्स रिसरेक्सनस्‌मा पनि अभिनय गरेकी छन्। उनी स्वयंले पनि चलचित्र निर्माण कम्पनी स्थापना गरी भारतमा चलचित्र निर्माण गर्दै आएकी छन्। चोपडा युनिसेफकी सद्भावनादूत हुन् जसमार्फत्‌ उनले बालबालिकाको अधिकारका साथै बालिकाहरूको शिक्षाको निम्ति अभियानहरू सञ्चालन गर्छिन्।

बीबीसी

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas
https://www.youtube.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्
मन्त्रिपरिषदको बैठक सुरु
राष्ट्रिय सभाबाट ३ वटा विधेयक पारित
आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन
६ महिनामा २४ प्रतिशतभन्दा बढि रेमिट्यान्स

खेलकुद समाचार

थप देखाउनुहोस्

Premier League

ARS

4

:

2

BHA

FULL TIME

Premier League

MCI

1

:

1

EVE

FULL TIME

Premier League

MUN

1

:

0

WOL

FULL TIME

Premier League

LEI

1

:

2

LIV

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार
‘यशोधरा’ लोकार्पण, पुस्तकमा छायामा परेकी यशोधाको पर्खाइ र त्याग

सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको कथा रहेको उपन्यास शुक्रबार लोकार्पण गरिएको हो ।

विचार
पत्रकारको श्रम अधिकार ‘महासंघको उच्च प्राथमिकता’

सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको स्पष्ट ब्याख्या गर्दै उनीहरुको श्रम अधिकार सुनिश्चित गर्न ल्याइएको यो ऐनको व्यवहारिक...

विचार
“उच्च मनोबलका साथ खेल्छौं”

पाकिस्तान नेपाली टोलीका लागि राम्रो प्रतिष्पर्धी भएको र भालि हुन खेलमा नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्
गायिका अबुन पाण्डेको ‘ए चरी’ सार्वजनिक (भिडियो)
मिङसोहाङको स्वर, डि.पीको शब्दमा रहेको ”तिम्रै हुनेछु’ सार्वजनिक (भिडियो)
चलचित्र ‘नम्बरी सुन’मा मोडल अनिता गिरी अनुबन्धित
राष्ट्रिय भावनाले भरिएको गीत ‘किन हुँदैन’ मा सुगम, ल्याङ्ग्री,...

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

सोमवार, माघ २३, २०७९

१५.५°

-
Mist