fbpx

पोखरामा पृथ्वीनारयण शाहको जन्मजयन्ती मनाइँदै, रवीन्द्र, सौरभ र हरिप्रसादले बहस गर्ने

author

समाचारपाटी

१ year अगाडि

पोखरा । राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती पोखरामा बहसमूलक कार्यक्रमसहित गतिविधि गरेर मनाइने भएको छ । पृथ्वीचोकमा शाहकै सालिक राखिनुपर्छ भनेर आवाज उठाउँदै आएको राष्ट्र
गौरव अभियानले शुक्रबार विभिन्न समुदायको झाँकीसहितको र्याली,पृथ्वीनारायण शाहको विषयमा केन्द्रीत रहेर बहस गर्न लागेको छ ।

पृथ्वीचोकमा हुने बहसमा राजनीतिज्ञ रवीन्द्र मिश्र, राजनीतिक विश्लेषक सौरभ र लेखक तथा इतिहासविद् हरिप्रसाद सोडारी सहभागी हुने अभियान संयोजक सिरोजविजय कोइरालाले जानकारी दिनुभयाे ।

यो बहस बुधबार दिउँसो एक बजे सुरू हुनेछ । यो कार्यक्रम सुरू हुनुअघि चिप्लेढुंगादेखि न्यूरोड हुँदै पृथ्वीचोकसम्म र्याली निकालिने कोइरालाले बताउनुभयाे ।

ठकुरी समाज महासंघ, क्षेत्री समाज नेपाल, ब्राह्मण समाज नेपाल, स्वतन्त्र नागरिक समाज नेपाल, विश्वकर्मा समाज नेपाल, विश्व हिन्दु युवा संघ नेपाल, विश्व हिन्दु महासंघ कास्की, दशनामी समाज कास्की, पतञ्जली सेवा समिति कास्की,इस्लामिक कल्याणकारी समाज कास्की, जलारी समाज कास्की कार्यक्रमको सहआयोजक छन् ।अभियानसहित राप्रपाले पनि पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा पोखरामा र्याली निकाल्दै छ । अमरसिंहचोकबाट पृथ्वीचोकसम्म र्याली गर्ने तयारी भइरहेको राप्रपा कास्कीले जनाएको छ ।


काठमाडौं

शनिबार, चैत्र १, २०८१

१६.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन