गोरखामा पृथ्वीनारायण शाहकालिन पर्यडको तयारी

author

समाचारपाटी

२ years अगाडि

गोरखा । गोरखा जिल्लाको गोरखा बजारमा आयोजित एक हप्ते एड्भान्स कुकिङ तालिमका सहभागीलाई हालै प्रमाणपत्र वितरण गरिएको छ । होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रे, होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी लगायतका अतिथिले तालिमका ४० सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए ।

होटल संघ नेपालको आयोजना तथा संघको गण्डकी र गोरखा शाखाको समन्वयमा संचालित तालिमलाई युएनडीपी अन्तर्गतको सस्टेन्एबल टुरिजम फर लाइभ्लीहुड रिकभरी प्रोजेक्टले सघाएको थियो । तालिमको समापन गर्दै गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरले ऐतिहासिक गोरखा जिल्लाले पर्यटनको राम्रो संभावना बोकेको सन्दर्भमा आयोजित तालिमले सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयाे । गोरखा जिल्लामा थप होटल र पर्यटकीय पूर्वाधारको विकास गर्न बाँकी नै रहेको भन्दै उहाँले जिल्लामा पर्यटकको बसाई लम्ब्याउन नगरपालिकाले विविध योजनाहरु क्रमशः अगाडि बढाउँदै लैजाने जानकारी दिनुभयाे ।

यसै अन्तर्गत आगामी पुस २७ गतेबाट जिल्लामा पृथ्वीनारायण शाहकालिन फौजको झल्कोदिने गरी पर्यड आरम्भ गरिने जानकारी पनि उहाँले दिनुभयाे । यस्तो पर्यड साँझ अघि हरेक दिन संचालन हुने र यसले पर्यटकलाई भुलाउने वातावरण तयार हुने उहाँले सुनाउनुभयाे । यसका अतिरिक्त छेपेटारमा कृत्रिम ताल निर्माण गरी नौका सयर, माछा मार्ने, वरपर होटल तथा रेष्टुराँहरुको संचालन, तालमा जम्मा हुने वालुवाको उत्खनन् गरी यसको सदुपयोग गर्दै अघि बढ्ने योजना नगरपालिकाको रहेको उहाँले बताउनुभयाे । ‘आर्थिक र पर्यटनका हिसावले गोरखा जिल्लालाई हामी अगाडि बढाउन चाहन्छौं,’ उहाँले भन्नुभयाे– गोरखा जिल्लाको मुख्य संभावना नै पर्यटन रहेको छ ।

होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले पर्यटनलाई अगाडि बढाउन सीप, दक्षता र सकारात्मक सोचको आबश्यकता पर्ने भन्दै यसका लागि तालिमले सघाउ पुगेको बताउनुभयाे । छोटो तयारीमा पनि होटल संघ गोरखाले तालिम संचालन गरेको बताउँदै उहाँले आगामि दिनमा यसप्रकारका तालिम गण्डकीका ११ वटै जिल्लामा संचालन गर्ने योजना रहेको जानकारी दिनुभयाे । तालिम सम्पन्न गरेका सहभागीलाई आबश्यक परे रोजगारी प्रदान गर्न संघले पहल गर्ने विश्वास पनि उहाँले दिलाउनुभयाे ।

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले सिकाई भन्ने विषय सधैं अपुरो नै रहने बताउँदै जिल्लामा सम्पन्न तालिम सिकाईको सुरुवात भएको बताउनुभयाे । तालिमले रोजगारीमा समेत टेवा दिई विदेश जान खोज्ने जनशक्तिलाई स्वदेशमा नै रोक्न सहयोग पुग्ने विचार पनि उहाँले राख्नुभयाे । पोखराको पर्यटनका लागि १५ हजार जनशक्ति आवश्यक पर्नेमा १० हजार श्रमशक्ति कोभिड लगायत विविध कारणले पलायन हुँदा समस्या परेको तथ्यांक पनि उहाँले दिनुभयाे ।

होटल संघ नेपाल गोरखाका अध्यक्ष एवं गण्डकीका सचिव मानप्रसाद धितालले रैथाने खानालाई पनि मिठो गरी पकाउन र आन्तरिक पर्यटनलाई जिल्लामा आकर्षित गर्न तालिमले सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयाे । तालिमका सहभागी, अतिथि एवं प्रमुख अतिथिलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभयाे । होटल संघ नेपाल गण्डकीका सदस्य एवं तनहुँका अध्यक्ष जीवन साहीले पनि कार्यक्रममा आफ्नो भनाई राख्नुभएकाे थियाे ।

तालिमको प्रमुख प्रशिक्षकमा श्याम तामाङ र अर्का प्रशिक्षक एवं आलिदेखि थालीसम्म अभियानका अभियन्ता लक्ष्मण भण्डारी रहनुभएकाे थियाे । सहभागीहरुका तर्फबाट राजु गुरुङ र शर्मिला गुरुङले आफ्ना अनुभव सुनाउनुभएकाे थियाे । तालिमकी सहभागी शर्मिला वाग्ले आचार्यले कार्यक्रम संचालन गर्नुभएकाे थियाे ।


काठमाडौं

सोमवार, बैशाख ८, २०८२

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

काँग्रेसले अब समस्या देखाएर मात्र हुदैन, समाधान पनि दिन...

आगामी अधिवेशनमा निजामति ऐनलाई संसदमा पेश गर्नेगरी लागेका छौँः...

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन