fbpx

‘चोकमा मात्र होइन, नोटमा पनि पृथ्वीनारायणलाई राखिनुपर्छ’

author

समाचारपाटी

२ हप्ता अगाडि

पोखरा । पोखराको पृथ्वीचोकमा नेपालका प्रथम सहिद लखन थापाको सालिक छ। उक्त चोकमा कसको सालिक राख्ने भनेर आन्दोलन र असहज परिस्थितिबीच गत वर्ष त्यहाँ सहिद थापाको सालिक राखियो । तर, राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक राखिनुपर्छ भन्ने अभियन्ताहरुले जुनसुकै हालतमा अबको एक वर्षभित्र पृथ्वीचोकमा शाहको सालिक स्थापना गर्ने उद्घोष गरेका छन् ।

पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्तीको अवसरमा राष्ट्र गौरव अभियानले शनिबार आयोजना गरेको एकता सभाका वक्ताहरुले पृथ्वीचोकमा अरुको सालिक राखिन नहुने बताए । कार्यक्रमका कतिपय वक्ता यो विषयमा बोल्दा निकै आक्रामक प्रस्तुत भए । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले सालिक राख्ने विषयमा जातीय हिसाबले जानुभन्दा सुरक्षित अवतरण गरिनुपर्ने बताउनुभयाे । ‘अभियानलाई जातीयता नभड्किने हिसाबले सेफ ल्यान्डिङ गर्नुपर्छ,’ उहाँले भन्नुभयाे, ’प्रदेश सरकारले पनि आगामी दिनमा छलफल गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

पृथ्वीनारायण शाहको दुर्दर्शितालाई आत्मसात् गर्दै सामाजिक न्याय, विकास र समाजलाई एकीकृत गर्न सकिने उहाँले बताउनुभयाे । देशका वर्तमान समयका चुनौतीलाई सामना गर्न पनि एकताको भावना आवश्यक रहेको मन्त्री थापाको भनाइ थियो । सभाका प्रमुख वक्ता इतिहासविद् प्रा. डा रमेश ढुङ्गेलले सालिक हटाएर इतिहासको विनाश गर्ने काम भइरहेको भन्दै आक्रोश व्यक्त गर्नुभयाे । इतिहासको विरोध गर्न नहुने र त्यो छुट कसैलाई नभएको उहाँले जिकिर गर्नुभयाे । ‘अर्को वर्ष वा अबको १÷२ वर्षमा यहाँ ठूलो सालिक ठ्डाउनै पर्छ । इतिहासको विरोधमा जान कसैलाई छुट छैन,’ उहाँले भन्नुभयाे ।

सालिक मात्र नभएर देश एकीकरण गरेकाले एक हजार रुपैयाँको नोटमा पृथ्वीनारायण शाहको तस्वीर राखिनुपर्ने उहाँको भनाइ
थियो । पृथ्वीनारायण शाहले स–साना राज्यलाई एक बनाएकालेसाम्राज्यवादी भन्नु गलत भएको ढुङ्गेलले बताउनुभयाे । शाहलाई उहाँले‘असल र कुशल डिक्टेटर’को रूपमा व्याख्या गर्नुभयाे । ‘आजको नेपाल बन्न असम्भव थियो । चेतनशील दिमागले सतर्कता अपनाएका कारण सम्भव भएको हो । यो मुलुक नेपाली काङ्ग्रेस, नेकपा एमाले सबैलाई हो,’ उहाँले थप्नुभयाे ,‘पृथ्वीनारायण शाहजस्तो डिक्टेटर नभएको भए एकीकरण सम्भव थिएन । उहाँ असल र कुशल डिक्टेटर
हो ।’

गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री पञ्चराम गुरुङले राष्ट्र निर्माताको राख्नुपर्ने ठाउँमा राष्ट्र सेवकको सालिक राखिन नहुने
बताउनुभयाे । ‘त्यो ठाउँमा पृथ्वीनारायण शाहको सालिक थियो । सालिक छैन तर हिजो आज र भोलि पृथ्वीचोक नै हो । राष्ट्र निर्माताको राख्नुपर्ने ठाउँमा राष्ट्र सेवकको सालिक नराखौं । यो दुवैको अपमान हो,’ उहाँले भन्नुभयाे । सहिद लखन थापाको सालिम नयाँ ठाउँमा स्थानान्तरण गर्न सांसद गुरुङले पोखरा महानगरपालिकालाई आग्रह गर्नुभयाे । ‘सहिद लखन थापालाई नयाँ ठाउँमा सालिक निर्माण गर्न स्थानीय सरकारलाई अनुरोध गर्दछु । यो अनुरोधलाई हलुका र बेवास्ता गरेमा त्यसको
जिम्मेवारी स्थानीय तहले लिनुपर्ने छ,’ उहाँ आक्रोशित बन्नुभयाे । भारतमा महात्मा गान्धीको सरकारी तवरबाटै सम्मान हुने तर
नेपालमा पृथ्वीनारायण शाहको योगदानको कदर नभएको सांसद गुरुङको भनाइ थियो ।

विश्व हिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष शंकर खरालले राजाले बनाएको राजमार्ग हिँडेर, राजाले बनाइदिएको सिंहदरबारमा बसेर त्यो व्यवस्थालाई निरंकुश भन्नु इतिहासको अपमान गर्ने काम भइरहेको बताउनुभयाे । ‘राजाले बनाइदिएको राजमार्ग प्रयोग गर्छौ, सिंहदरबारमा शसन गर्छौं । निरंकुश व्यवस्था थियो भन्छौं । अनि हामी कहाँ छौँ ? इतिहास मेटाएर, भत्काएर कस्तो देश निर्माण गर्न गइरहेका छौँ ?’ उहाँले प्रश्न गर्नुभयाे । राष्ट्र गौरव अभियानका प्रवक्ता अरुण गिरीले पृथ्वीचोकमा सालिक राख्न सरकारलाई पटकपटक आग्रह गरेपनि बेवास्ता गरिएको गुनासो गर्नुभयाे । आगामी वर्षको जन्मजयन्तीसम्म जुनसुकै हालतमा
पृथ्वीनारायण शाहको सालिक पृथ्वीचोकमा राख्ने उहाँले उद्घोष गर्नुभयाे । ‘आगामी वर्ष पृथ्वीचोकमा सालिक बनाएर त्यसमा माल्यार्पण गर्न पाइने आशा छ । ३०४ औं जन्मजयन्ती मनाउँदा अर्थात् एक वर्षभित्र पृथ्वीचोकमा सालिक राख्न हामी आजैदेखि लाग्ने छौँ,’ उहाँले भन्नुभयाे । प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा पृथ्वीचोकमा पृथ्वीनारायण शाहको सालिक बनाउने घोषणा गरेपनि त्यसको कार्यान्वयन नभएको प्रवक्ता गिरीले गुनासो गर्नुभयाे ।

अभियानका सहसंयोजक गणेशबहादुर पौडेल क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा विश्व हिन्दु महासंघ कास्की अध्यक्ष जगन्नाथ कोइराला, ठकुरी संगम परिवार कास्की अध्यक्ष यामबहादुर हमाल, गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारी लगायतले पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्नुभएकाे थियाे । एकता सभा कार्यक्रमको सञ्चालन अभियानका सचिव अर्जुन खनालले गर्नुभएकाे थियाे ।

सभाअघि चिप्लेढुंगाबाट न्यूरोड, सभागृहचोक हुँदै पृथ्वीचोकसम्म झाँकीसहितको र्याली निकालिएको थियो । कार्यक्रमका लागि पृथ्वीचोकमा पृथ्वीनारायण शाहको प्रतिमा स्थापना गरिएको थियो । उक्त प्रतिमा सालिक स्थापना नहुँदासम्म आफूहरुले नहटाउने अभियानका सचिव अर्जुन खनालले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन