१६ वर्षपछि पृथ्वीनारायण क्याम्पसमा स्ववियु चुनाव

author

समाचारपाटी

२ महिना अगाडि

पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पस (पीएन क्याम्पस) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले १६ वर्षपछि नेतृत्व पाउँदैछ । यसअघि विवादका कारणले चुनाव हुन सकेको थिएन । यसपटक चैत ५ गते र त्यसको भोलिपल्ट पनि विवादकै कारण चुनाव हुन नसक्दा १० गतेका लागि तय गरिएको थियो । यसपटक पनि भाँडिने त होइन भन्ने आशंकाबीच आज बिहान ८ बजेदेखि मतदान जारी छ ।

बिहानैदेखि शान्तिपूर्वक मतदान भइरहेको र ७ हजार ४ सय विद्यार्थीले भोटिङ कार्ड लागेको निर्वाचन अधिकृत प्राध्यापक डाक्टर रामचन्द्र पोखरेलले जानकारी दिनुभयाे । अहिलेसम्म यो क्याम्पसमा एमाले निकट अनेरास्ववियुबाहेक अरूले जित्न सकेको छैन । अनेरास्ववियु आफ्नो विरासत जोगाउने होडमा छ भने अन्य संगठन र स्वतन्त्र उम्मेदवार अनेरास्ववियुको विरासत भत्काउने रणनीतिमा छन् ।

यो क्याम्पसबाट स्ववियु सभापति हुने एमाले नेता सोमनाथ प्यासी प्रदेश प्रमुख भइसक्नुभएकाे छ भने पूर्व पर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारी, पूर्वमन्त्री पदम गिरी, पोखराका मेयर धनराज आचार्य, नेता राजीव पहारी, राजनीतिक विश्लेषक झलक सुवेदीलगायत यहीँका स्ववियु सभापति हुनुहुन्छ ।

अन्तिम पटक २०६५ सालमा रश्मि आचार्य स्ववियु सभापति हुनुभयाे । त्यसपछि भने विवादका कारण चुनाव भएको थिएन । ९ हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत पीएन क्याम्पसमा स्ववियु सभापतिका लागि ८ जना उम्मेदवार छन् ।

यसपटक स्ववियु सभापतिका लागि अनेरास्ववियुबाट विष्णु पोखरेल, नेपाल विद्यार्थी संघबाट सुशील भट्टराई, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी, अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी (मोहन वैद्य)को संयुक्त प्यानलबाट सन्तोष पौडेल सभापतिका उम्मेदवार छन् ।

अखिल छैटौंबाट मिलन सुनार र प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङले पनि स्ववियु सभापतिमा उम्मेदवारी दिएका छन् । विप्लवी न्यौपाने र कमल सुवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । विप्लवीलाई राष्ट्रिय स्वतन्त्र पार्टीनिकट विद्यार्थीले साथ दिएका छन् । कास्कीमा नेकपा माओवादी केन्द्रको गुटगत राजनीतिको प्रभाव विद्यार्थी चुनावमा पनि देखिएको छ ।


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

१९.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’