fbpx

पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान

author

समाचारपाटी

३ हप्ता अगाडि

पोखरा । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आगामी ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने कार्यतालिका छ । विभिन्न विद्यार्थी संगठन र स्वतन्त्र ढंगले विद्यार्थीहरू आन्तरिक तयारीमा जुटेका छन् । नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुले पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको तयारी स्वरूप विद्यार्थीहरूलाई
मतदान अभ्यास गराएको छ । मंगलबार क्याम्पस गेटमा अनेरास्ववियु व्यवस्थापन संकाय कमिटी पृथ्वीनारायण क्याम्पसले स्ववियु नमुना मतदान कार्यक्रम गरेको हो ।

बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष र समानुपातिकतर्फको स्ववियु मतदान तरिकाबारे जानकारी गराइएको थियो । क्याम्पसमा अध्ययनरत करिब १ हजार ३ सय जना विद्यार्थी नमुना मतदानमा सहभागी भएको आयोजक अनेरास्ववियु
व्यवस्थापन संकाय अध्यक्ष कुशल रेग्मीले जानकारी दिनुभयाे ।

२०७३, २०७९ सालमा हुन नसकेको स्ववियु यसपटक जसरी पनि हुनुपर्ने पक्षमा आफूहरू रहेको अनेरास्ववियु क्याम्पस कमिटी संयोजक विराट दुवाडीले बताउनुभयाे । स्ववियु गराउनुपर्छ भन्ने दबाब दिन र विद्यार्थीलाई मतदान प्रक्रियाबारे जानकारी गराउन नमुना मतदान कार्यक्रम गरिएको संयोजक दुवाडीले बताउनुभयाे । ‘कति विद्यार्थीलाई स्ववियु के हो भन्ने थाहा नहुन सक्छ, यसमा भाग किन लिने भन्ने थाहा हुँदैन । त्यही बुझाउन हामीले नमुना मतदान गरेका हौं,’उहाँले भन्नुभयाे ।

त्रिविअन्तर्गत देशकै ठूलो आङ्गिक क्याम्पस पृथ्वीनारायणमा २०६५ सालपछि स्ववियु निर्वाचन हुन सकेको छैन । स्ववियु विद्यार्थीको हकहितका लागि बोल्ने साझा संस्था भएको र यसको निर्वाचनमा कसैले पनि अवरोध गर्न नहुने संयोजक दुवाडीले बताउनुभयाे । कति विद्यार्थीले स्ववियु निर्वाचन गराउन दबाब दिन हस्ताक्षर अभियान चलाउन सुझाव पनि दिएको संयोजक दुवाडीले सुनाउनुभयाे ।

नमुना मतदानको निरीक्षणमा अनेरास्ववियु केन्द्रीय महासचिव नरेश रोकाया,स्थायी कमिटी सदस्य विजय पौडेल, केन्द्रीय सदस्य अनुप लामिछाने, विष्णु पोखरेल, विनय पराजुली, अनेरास्ववियु जिल्ला अध्यक्ष सन्तोष पोखरेललगायत पुगेका थिए । महासचिव रोकायाले पृथ्वीनारायण क्याम्पस आन्दोलनको उर्वर भूमि भएकाले त्योविरासतलाई जोगाउनुपर्ने बताएउनुभयाे । उहाँले पीएन क्याम्पसमा अनेरास्ववियुले हार्न नजानेको र अबको स्ववियु निर्वाचनमा पनि हार्ने छुट नभएको बताउनुभयाे ।

सोमबार पोखरा आएका रोकाया अनेरास्ववियुका कास्कीमा उपलब्ध विद्यार्थी नेताहरूसँग स्ववियु निर्वाचन केन्द्रीत भेलामा पनि सहभागी भएका थिए । अनेरास्ववियु केन्द्रीय सदस्य विष्णु पोखरेलले स्ववियु निर्वाचन हुने वातावरण बनाउनुपर्ने पक्षमा आफूहरू रहेको सुनाउनुभयाे । उहाँले स्ववियु निर्वाचन हुन नदिने गतिविधिमा संलग्न नहुन अन्य विद्यार्थी संगठन र क्याम्पसलाई आग्रह गर्नुभयाे ।

‘१६ वर्षदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । कति प्रशासनिक काममा समस्या देखिएको छ । क्याम्पसको गरिमा घटेको छ । विद्यार्थी अभिभावकविहीन हुन परेको छ,’ उहाँले भन्नुभयाे, ‘योपटक निर्वाचन गरिनुपर्छ भन्नेमा सबै सकारात्मक छौं ।’ स्ववियु निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको छ। दुवै तर्फको उम्मेदवारको अन्तिम नामावली २९ फागुनमा सार्वजनिक गरिने छ । ५ चैतमा बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म मतदान हुने कार्यतालिका छ । पृथ्वीनारायण क्याम्पसमा करिब १२ हजार ५ सय मतदाता रहने अनुमान छ ।

मतदाता नामावली प्रकाशन भएपछि यो संख्या यकीन हुनेछ । पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भएकाहरू नेपाली राजनीतिमा स्थापित भएको विगत छ । त्यसैले पनि यो क्याम्पसमा स्ववियु सभापति हुन निकै प्रतिस्पर्धा हुने गरेको छ । पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भएका कास्कीका सोमनाथ अधिकारी प्रदेश प्रमुख, खगराज अधिकारी संघ सरकारको मन्त्री र गण्डकीको मुख्यमन्त्री भइसक्नुभएकाे छ । पर्वतका पदम गिरी संघ सरकारको मन्त्री हुनुभयाे । कास्कीका राजीव पहारी २०७४ सालको निर्वाचनमा गण्डकी प्रदेश सभा सदस्य निर्वाचित हुनुभयाे । अर्का सभापति कास्कीका धनराज आचार्य हाल पोखरा महानगरपालिकाको मेयर हुनुहुन्छ ।


काठमाडौं

बिहिबार, चैत्र ६, २०८१

२५.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पद्मकन्या क्याम्पसमा मतदान हुँदै

‘मृत भइसकेको राजतन्त्र अब फर्किंदैन’:-डा. बाबुराम भट्टराई

त्रिवि क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी कायम राख्न अदालतको आदेश

‘राजा महाराजालाई जनताले इतिहासको विषय बनाइसके’

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...