कारागारमा क्षमताभन्दा छ गुना बढी कैदीबन्दी

author

समाचारपाटी

२ years अगाडि

फुङ्लिङ । जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा झण्डै छ गुना बढी कैदीबन्दी बस्न बाध्य छन् । पच्चीस जना क्षमताको उक्त कारागारमा हाल एक सय ५५ कैदीबन्दी छन् ।

महिला कैदीबन्दी राख्ने ठाउँ अभावमा छिमेकी जिल्ला पाँचथरको फिदिम पठाउनुपर्ने बाध्यता रहेको जिल्ला कारागारका प्रमुख जेलर कुलेन्द्र खवासले जानकारी दिए । कारागारमा हाल एक सय १५ कैदी र ४० थुनुवा छन् ।

कारागारमा जबर्जस्ती करणी मुद्दाका ३२ कैदी र १० थुनुवा, कर्तव्य ज्यान मुद्दाका २८ कैदी र छ थुनुवा, अपहरण मुद्दाका नौ, डकैती मुद्दाका सात तथा ज्यान मार्ने अभियोगका सात कैदी सजाय भुक्तान गरिरहेका छन् ।

‘क्षमताभन्दा बढी कैदीबन्दी भएपछि कारागार व्यवस्थापनमा समस्या भएको छ’, जेलर खवासले भने । कारागारमा दरबन्दीअनुसारका कर्मचारी नभएको उनको गुनासो छ । नौ जनाको दरबन्दी रहेकामा हाल एक जेलर, एक कम्प्युटर अपरेटर र चार कार्यालय सहयोगी मात्र कार्यरत छन् ।


काठमाडौं

आइतवार, जेष्ठ ५, २०८२

२०.२४°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान