fbpx

संखुवासभामा दुई कैदीको मृत्यु प्रकरण:- १० जना प्रहरी अधिकारीमाथि छानबिन सुरु

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । जिल्ला कारागार, संखुवासभामा दुई कैदीको मृत्यु भएको विषयमा १० जना प्रहरी अधिकारीमाथि छानबिन सुरु भएको छ । मृतकको परिवारले दुई कैदीको प्रहरीको कुटपिटबाट मृत्यु भएको आरोप लगाएपछि कारागार सुरक्षामा खटिएका प्रहरीमाथि छानिबन सुरु भएको हो ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाले प्रहरीबाट सुरक्षार्थ खटिएका १० जना र कैदीबन्दीमध्ये ९ जनालाई छानबिनको दायरामा ल्याइएको बताउनुभयाे । उहाँका अनुसार, बुधबार बिहान १ बजे कैदी विनोद तोलांगी र आकाश बलामी कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेका थिए ।

त्यसक्रममा नियन्त्रणमा लिएपछि कारागारभित्र झडप र कुटपिट हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना के कारण भयो भन्ने विषयमा अनुसन्धान भइरहेको संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले बताउनुभयाे ।

प्रकरणको छानबिनका लागि प्रदेश प्रहरी कार्यालयले एसपी ऋषिराम कँडेलको नेतृत्वमा छानबिन समिति बनाएको छ । जिल्ला प्रशासन कार्यालय, संखुवासभाले पनि सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा समिति बनाएको छ ।कारागार व्यवस्थापन विभागलेपनि निर्देशक कमल पाण्डेको नेतृत्वमा समिति बनाएर जाँच गरिरहेको छ ।

onlinekhabar


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

एमाले नेतृत्वमा ओली रहुन्जेल वामपन्थी एकता सम्भव छैनः अध्यक्ष...

नागरिकलाई सहज सेवा दिन थप सुधारका उपायहरु अवलम्वन गर्न...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर