काठमाडौं । प्रिओपन सेसनमा सोमबार सेयर बजार सामान्य अंकले बढेको छ। यो सेसनमा नेप्से परिसूचक ० .२४ अंकले बढेर २०९६ .३२ विन्दुमा आएको छ।
यससँगै ७ कम्पनीको ४०७ कित्ता सेयर खरिदबिक्री हुँदा २ लाख ९३ हजार १६२ रुपैयाँको कारोबार भएको छ। यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी घटेको छ ।
यता, १३ उपसूचकहरू मध्ये २ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनी घटेको छ। बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।