अबदेखि प्राइम– टाइल्स विथ स्टाइल नेपाली बजारमा

author

समाचारपाटी

२ years अगाडि

प्राइम सेरामिक्स प्रा.लि.ले २ अर्ब लगानीमा प्राइम– टाइल्स विथ स्टाइल उत्पादन बिहीवारदेखि नेपाली बजारमा ल्याएको छ ।
बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कम्पनीले आफ्नो उत्पादन प्राइम–टाइल्स विथ स्टाइललाई बिक्री वितरणमा ल्याएको जानकारी गराएको हो । कम्पनीले बिहीवारदेखि प्राइम– टाइल्स विथ स्टाइल औपचारिक रूपमा अब नेपाली बजारमा पाइने भएको छ । पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष आशिष गर्गले अबदेखि देशभर प्राइम टायल पाउने बताउनु भयो । उहाँले ५० प्रतिशत स्वेदेशी माटो प्रयोग भई उत्पादन हुने टायल नेपालका लागि उपयुक्त हुने बताउनु भयो।

उहाँले वार्षिक १५ अर्ब रुपैयाँबराबरको टायल नेपालमा आयात हुने गरेको बताउनु भयो । उहाँले ढुवानी खर्च, उच्च भन्सार दर र अन्य अतिरिक्त खर्चका कारण टायल आम नेपाली उपभोक्ताको लागि अत्याधिक महँगो र पहुँचभन्दा बाहिर रहेको भन्दै अब प्राइम सेरामिक्सले उत्पादन गर्ने प्राइम– टाइल्स विथ स्टाइलले देशको कुल खपतको एक–चौथाइ माग पूरा गर्ने विश्वास लिएको बताउनु भयो। उहाँले कम्पनीले वार्षिक उत्पादन गर्ने टायलले आयात कम गर्ने पनि बताउनु भयो। अध्यक्ष गर्गले आयातित टायलभन्दा १५–२० प्रतिशत सस्तो मूल्यमा टायल उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भयो । उहाँले उधोगले आयात प्रस्थिापन गर्ने, विदेशी मुद्रा बाहिरिनबाट रोक्ने, रोजगारीको सिर्जना गर्ने बताउनु भयो । उहाँले स्वदेशी माटो र अन्य कच्चा पदार्थको प्रयोग गरी आयातित टायल जस्तै गुणस्तरीय रहेकाले उपभोक्तालाई सहज हुने बताउनु भयो। 

उहाँले दुई दशकदेखि टायलको व्यापार गर्दै आएको आयातलाई प्रतिस्थापन र स्वदेशमै उत्पादन गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको बताउनु भयो। उहाँले नविन तथा आकर्षक डिजाइनयुक्त टायलको उत्पादनद्वारा टायल बजारलाई नै पुनः परिभाषित गर्ने सोचसहित प्राइम सेरामिक्सले अत्याधुनिक इटालियन प्रविधिद्वारा उद्योगको स्थापना गरेको बताउनु भयो।  विश्वमा सेरामिक प्रविधिमा अब्बल इटालियन बहुराष्ट्रिय कम्पनी सक्मीको सम्पूर्ण मेसिन प्रयोग गरेको यस उद्योगको उत्पादन गुणस्तरको हिसाबले कुनै पनि तवरले कम नरहेको र अन्य अन्तर्राष्ट्रिय ब्रान्डसँग समेत प्रतिष्पर्धा गर्नसक्ने क्षमताको रहेको छ । कम्पनीले आम नेपालीको सुन्दर घरको सपनालाई कुनै न कुनै तरिकाले यस उद्योगले पूरा गर्ने विश्वास लिएको छ । दैनिक डेढ लाख वर्गफिट उत्पादन क्षमता रहेको यस उद्योगले ३ सय जनालाई रोजगारी दिएको जनाएको छ । 


काठमाडौं

बिहिबार, साउन २, २०८२

२२.१°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन