काठमाडौं । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेशन्स फुड सिस्टमस्–२०२३ स्टकिङ मोमेन्ट’मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उहाँ आइतबार बिहान इटाली पुग्नुभएको हो ।
प्रधानमन्त्री इटाली गएको भोलिपल्ट अर्थात् आइतबार चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युआन जियाजुन काठमाडौं पुग्नुभएको हो ।
नेपाल भ्रमणमा रहेका जियाजुनसँग इटालीबाट प्रधानमन्त्री प्रचण्डले कुराकानी गर्नुभएको हो । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार आइतबार दिउँसो ४ बजे प्रचण्ड र जियाजुनबीच भर्चुअल रूपमा कुराकानी भएको छ । उक्त भेटमा दुई देशको आपसी हितका विषयमा छलफल भएको बताइएको छ ।