काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक कार्यक्रम ३ दिन स्थगित गरिएको छ ।
हिजो पत्नी सीताको निधन भएपछि शोकमा परेका प्रधानमन्त्री दाहाल असार ३० गतेसम्म कुनैपनि औपचारिक गतिविधिमा सहभागी नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले तीन दिनलाई सबै औपचारिक कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो ।
उहाँले समवेदना प्रकट गर्न आउनेहरुसँग प्रधानमन्त्रीले यो अवधिमा बिहान ८ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म भेट गर्ने बताउनुभयो ।