fbpx

सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको नारामा केन्द्रित भएर काम गरिरहेको छः प्रधानमन्त्री दाहाल

author

समाचारपाटी

११ महिना अगाडि

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार सामाजिक न्याय र सुशासन तथा समृद्धिको नारामा केन्द्रित भएर काम गरिरहेको बताउनुभएको छ । मंगलवार ललितपुरमा नेपाल संवत ११४४ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकार सामाजिक न्याय, सुशासन तथा समृद्धितर्फ नागरिकलाई लैजाने दिशामा अग्रसर भएको बताउनु भयो । उहाँले इतिहासमा गर्व गर्न लायक राष्ट्रिय विभूतिहरु भएकाले उनीहरुलाई स्मरण नगरी देश समृद्ध बन्न नसक्ने जिकिर गर्नुभयो । उहाँले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा घोषणा आफू पहिलो पटक प्रधानमन्त्री हुँदा गरेको बताउनु भयो । उहाँले नेपाल संवत नेपालीहरुको आफ्नै मौलिकता र इतिहास भएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘वर्तमान सरकार सामाजिक न्याय र सुशासन तथा समृद्धिको नारामा केन्द्रित भएर काम गर्ने कोशिस गर्दै आएको छ । सामाजिक न्याय भन्दा इतिहासमा गर्व गर्न लायक भनेको हामीले राष्ट्रिय विभूति घोषणा गरि पनि सकेका छौँ । शंखधर साख्वालाई नसम्झि हामी रहन सक्दैनौँ । जसले ऋण मोचनको नेतृत्व गरेर इतिहासमा कीर्तिमान कायम गर्ने काम भएको छ । त्यसैले हामीेल राष्ट्रिय विभूति भन्यौँ । उहाँको अभियानसँग नै नेपाल संवत जोडिएको छ । त्यसकारण नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा घोषणा गर्नुपर्छ भन्ने आवाज धेरैतिरबाट उठेको थियो । नेपाल संवत नेपालीहरुको राष्ट्रिय संवत हो । आफ्नै मौलिकता र इतिहास हो ।’

प्रधानमन्त्री दाहालले आफू तस्रो पटक प्रधानमन्त्री रहँदा मन्त्रीपरिषद्बाट सरकारी दस्ताबेजमा विक्रम संवतसँगै नेपाल संवत पनि लेखिने निर्णय गरेको बताउनु भयो । 


काठमाडौं

शनिबार, अशोज १९, २०८१

२१.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

प्रधानमन्त्रीले स्वीकारे बाढीपीडितको उद्धारमा सरकारको कमजोरी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने