fbpx

‘अहिले विभिन्न कोणबाट गणतन्त्रमाथि नै प्रश्न उठाउने जमर्कोहरु भइराखेकाे छ’:-पुष्पकमल दाहाल

author

समाचारपाटी

९ महिना अगाडि

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहमा संविधानले परिकल्पना गरेअनुसारको अधिकार कार्यान्वयन हुन नसकेको बताउनुभएको छ । 

शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले पनि विभिन्न कोणबाट संघीयता, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न उठाउने जमर्को भइरहेको बताउनु भयो । उहाँले संविधान बनाएर सिंहदरबारको अधिकार जनताको घरदैलोमा र घर गाउँमा भनेपनि सरकारसँगै भ्रष्टाचार बेथिति, विकृति पनि सँगै गएको आरोप लाग्ने गरेको बताउनु भयो । उहाँले अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई राम्रोसँग कार्यान्वयन गर्ने काम नभएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘अहिले विभिन्न कोणबाट संघीयता, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न उठाउने विभिन्न कोणबाट जमर्कोहरु भइराखेका छन् । त्यस्तो परिस्थितिमा यो पुस्तक लोकर्पण गरेर स्थानीय सरकारको बारेमा जनताको र हाम्रो अपेक्षा पनि, जनताको र हाम्रो अवस्था के हो भनेर चर्चा गरेका छौँ । संविधान बनाएर हामीले सिंहदरबारको अधिकार जनताको घरदैलोमा घर गाउँमा भन्यौँ र राज्यमाथि जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप । मैले राज्य, सत्ता, क्रान्तिसम्बन्धी आफूले गरेको तमाम जति अध्ययन र संघर्ष हो, त्यसको निचोडको रुपमा हामी शान्ति प्रक्रियामा आउँदै गर्दा राज्यमाथि जनताको जति नियन्त्रण बढाउन सक्यो, हस्तक्षेप बढाउन सक्यो त्यति नै लोकतान्त्रिक र बलियो हुन्छ । स्थानीय र प्रदेश सरकारको परिकल्पना गर्दा सोचेको सपना त्यही नै हो । जनतालाई अधिकार सम्पन्न तुल्याउने । हामीले स्थानीय तहलाई दिने भनेर जे सोचेका थियौँ, अधिकार त्यो जस्ताको त्यस्तै कार्यान्वयन हुन सकेको छैन । मान्छेहरुले अहिले सिंहदरबारको भ्रष्टाचार गाउँ गाउँमा पनि भन्ने गरेका छन् । भ्रष्टाचार बेथिति, विकृति, जो सिंहदरबारमा हुन्थ्यो, गाउँमा हुँदैन थियो, अहिले सरकार बनाउँदा त्यो पनि गयो भन्ने छ । हामीले अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई राम्रोसँग कार्यान्वयन गर्ने र त्यसको प्रतिफल जनताले भोग्ने, संघीयता आएपछि, गणतन्त्र आएपछि अधिकार सम्पन्न भयौँ, अवस्था पनि फेरियो भन्ने तहसम्म नजाँदा यसको औचित्य सिद्धान्तबाट पुष्टि गरेर हुँदैन ।’

प्रधानमन्त्री दाहालले संघीयता, गणतन्त्र आएपछि अधिकार सम्पन्न भयौँ र अवस्था फेरियो भन्ने महशुस जनतालाई गराउन नसकेसम्म लोकतन्त्रको औचित्य पुष्टि गर्न नसकिने बताउनु भयो ।


काठमाडौं

मङ्लबार, साउन १, २०८१

२५.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिनमै गठन गरे २२...

प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत

‘कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो’

‘सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चर्चामा संगीतकार कस्तुप पन्तको ‘बिजुली चमक्क’

आर्जन पाण्डेले ल्याए आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’

गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा ‘तातो पानी...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन